English

नेप्से सूचक फेरि राताम्मे, कुन समूहको कति घट्यो ?



नेप्से सूचकमा झण्डै ३०० अंकको वृद्धिपछि मंगलबार १० अंकको करेक्सन देखिएको छ। यस दिन लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा सामान्य करेक्सन देखिएको हो।

पुस १६ गतेदेखि लगातार बढ्दै आएको नेप्से सूचक मंगलबार सामान्य अंकले घटेको हो। मंगलबार नेप्से सूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ।

मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझै बढेको छ । सोमबार ८ अर्ब तलको शेयर कारोबार भएकोमा यस दिन ८ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ। मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ।

यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ।

मंगलबार अपि पावरको सबैभन्दा धेरै २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यो पनि
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
सेयर बजारमा दोहोरो अंकको वृद्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested