English

नेप्से सूचक फेरि राताम्मे, कुन समूहको कति घट्यो ?



नेप्से सूचकमा झण्डै ३०० अंकको वृद्धिपछि मंगलबार १० अंकको करेक्सन देखिएको छ। यस दिन लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा सामान्य करेक्सन देखिएको हो।

पुस १६ गतेदेखि लगातार बढ्दै आएको नेप्से सूचक मंगलबार सामान्य अंकले घटेको हो। मंगलबार नेप्से सूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ।

मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझै बढेको छ । सोमबार ८ अर्ब तलको शेयर कारोबार भएकोमा यस दिन ८ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ। मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ।

यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ।

मंगलबार अपि पावरको सबैभन्दा धेरै २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यो पनि
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
सेयर बजारमा दोहोरो अंकको वृद्धि



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested