English

सुस्तायो शेयर बजार



साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक सय अंकले घटेको थियो ।

उता शेयर कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरैले घटेको छ । ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँमा रोकियो । सोमबार साढे आठ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

बजार घटे पनि केही कम्पनीहरुको शेयरमूल्य भने राम्रै बढेको छ । सबैभन्दा धेरै बढ्नेमा विन नेपाल लघुवित्त वित्तीय स.स्था देखिएको छ । यस संस्थाको शेयरमूल्य मंगलबार १० प्रतिशतले बढेर ११०६ रुपैयाँमा पुगेको छ ।

दोस्रोमा बुद्धभूमि हाइड्रोपावर र तेस्रोमा पोखरा फाइनान्स कम्पनी देखिएको छ । बुद्धभूमिको शेयर मूल्य पनि करिब १० प्रतिशतल बढेर ४२१.१० मा पुगेको छ भने पोखरा फाइनान्सको ८ प्रतिशतले बढेर ५८८.९० रुपैयाँमा पुगेको छ ।

उता शेयर मूल्य घट्ने कम्पनीहरुमा भने गोर्खाज फाइनान्स, समता लघुवित्त, समिट लघुवित्त, चन्दागिरी हिल्स लगायतका देखिएका छन् ।

गोर्खाजको शेयरमूल्य ४.५८ प्रतिशतले घटेर ८ सय रुपैयाँमा झरेको छ भने समिटको ३ प्रतिशतले घटेर १२१८ रुपैयाँ र समताको पनि ३ प्रतिशतले नै घटेर १२१६ रुपैयाँमा झरेको छ । चन्दागिरीको शेयर मूल्य भने ३९ रुपैयाँले घटेर १३८८ रुपैयाँमा झरेको छ ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested