English

सभापति देउवासँग शेखर समूह रुष्ट



सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ। उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टीभित्र छलफल नगरी मनोमानी रूपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरी गठबन्धनका नेताहरूसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ,’ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ।’

कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो। गठबन्धनको आवश्यकता यसअघि प्रतिगमनविरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरूले बताएका छन्।

सभापति देउवाले पार्टीभित्रको ४० प्रतिशत मतको बेवास्ता गरेको भन्दै आलोचना भएको थियो। बैठकमा डा.शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरू डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा.रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested