English

एनआरएनएमा सहमति हुन नदिन महासचिव नै सक्रिय भएको आरोप



गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैँ लागेका छन्।

गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को ८१औं बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै शर्माले इमेल पठाएपछि संघकै वरिष्ठ पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।

बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवाद समाधान गरेर महाधिवेशन र निर्वाचनसमेत गर्ने जिम्मेवारी विस्तारित संरक्षक परिषदलाई दिएको छ। आर्थिक र सांगठनिक गरी दुई प्रतिवेदन महाधिवेशनमा पठाउन पारित गरेको थियो । तर, बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको थिएन । तर, निर्णय नै नभएको कुरालाई कामचलाउ महासचिव शर्माले निर्णय नम्बर ५.४ मा थपेर पठाएका छन्।

प्रवक्ता डिबी क्षेत्रीको नामबाट आएको इमेलमा उक्त विषय उल्लेख छैन । बैठकले विस्तारित संरक्षक परिषद्लाई दिएको टीओआरलाई पनि उनले आफूखुसी व्याख्या गर्ने प्रयास गरिरहेका छन्।

एनआरएनएको गत अक्टुबर २०२१ मा हुनुपर्ने १०औं महाधिवेशन तथा निर्वाचन प्रतिनिधि (डेलिगेट्स) चयनसम्बन्धी विवादका कारण पटक पटक मिति तोक्दा पनि हुन नसकेपछि आइसीसीको ८१औं बैठकले सो सम्पन्न गर्ने जिम्मा संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा गठित विस्तारित संरक्षक परिषदलाई दिने निर्णय गरेको थियो ।

‘जापानको विवादको बारेमा आइसीसीमा केही साथीहरूले विषय उठाउनुभएको हो, तर कुनै निर्णय भएको अवस्था होइन। निर्णय नै नभएको विषयलाई निर्णय भयो भनेर मस्यौदामा लेख्नु सरासर गलत र बद्नियतपूर्ण छ,’ बैठकका सहभागी गुणराज पौडेलले भने। उनले  दशौँ महाधिवेशन र चुनाव सम्पन्न गर्न  जिम्मेवारीपूर्ण व्यवहार गर्न सबैलाई आग्रह पनि गरे।

यो पनि…
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार

एनआरएन युकेको सक्रियतामा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

डालस, टेक्सस अमेरिका नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा हास्छ अमेरिका

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

Latest










Popular
Suggested