एनआरएन युकेको सक्रियतामा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो



नरेन्द्र बस्नेत, लन्डन

नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा संकलित ४ सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । नेपालमा कोभिड –१९ को संकट समाधानको लागि आपतकालिन सहयोग स्वरूप बेलायतस्थित नेपाली संघसंस्था तथा व्यक्तिगत पहलमा विभिन्न देशबाट भएको आर्थिक सहायतामार्फत ४ सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको हो ।

जसमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार नेपाल आइपुगेको एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । ति अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत नेपाल आइपुगेको एनआरएनए यूकेले जनाएको छ । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङका अनुसार कन्सन्ट्रेटर मेसिनहरु नेपाल सरकारलाई तत्कालै हस्तान्तरणको प्रकृया अघि बढाइने छ ।

नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सो अभियानमा करिव दुई करोड रकम संकलन भएको गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष गुरुङले जानकारी दिइन् । मातृभूमिमा परेको संकटको बेला बेलायतवासी नेपाली तथा संघसंस्थाले स्वतस्फुर्त रुपमा सहयोग गरेको उनले बताइन् ।

गत मे १५, मा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज

वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु