English

औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर देउवाले औषधि अभावका विषयमा के भएको हो त्यसको अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए।

त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेका थिए।

औषधिको अभाव नहुनेगरी अघि बढ्न औषधि उत्पादकहरू तयार भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested