English

प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुंग्याइने



काठमाडौं । ४ वर्षपछि प्रदेश २ मा मधेश प्रदेश नाम र जनकपुर राजधानीको टुंगो लागेपछि अब प्रदेश १ को नाम र राजधानी टुंग्याउन बाँकी छ। यसका लागि प्रदेश १ सरकारलाई दबाब परेको छ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुंग्याइने बताएका छन्।

मुख्यमन्त्रीको कार्यालयमा (४ माघ) मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले भने, ‘प्रदेशको नाम प्रदेशसभाले नै टुंगो लगाउँछ।’

मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुंगो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested