English

कोभिड हावाको सम्पर्कमा आएपछि कमजोर



कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक भाइरसले हावाको सम्पर्कमा आएको २० मिनेटपछि संक्रमण गर्ने क्षमता गुमाउने एक अनुसन्धानले जनाएको छ । अनुसन्धानको नतिजाले यो पनि देखाएको छकि यो भाइरसबाट बच्ने सजिलो र प्रभावकारी उपाय भनेको माक्स लगाउनु र सामाजिक दूरीका नियमहरू पालना गर्नु हो । भेन्टिलेसन भएको ठाउँमा यो भाइरसको प्रभाव कम गर्ने सजिलो उपाय हो ।

यस अनुसन्धानका प्रमुख लेखक जोनार्थन रिडका अनुसार कम भेन्टिलेटर भएका क्षेत्रमा बस्ने मानिसहरूलाई हावाबाट हुने संक्रमणबाट टाढा रहने सोच्छन् । उनले भने– ‘त्यसो होइन भनेर म भन्दिनँ, तर एक–अर्काको नजिक बस्दा कोरोना संक्रमण सर्ने भने निश्चित छ । एक व्यक्तिबाट अर्काे व्यक्तिको बीचमा केही दूरी हुँदा भाइरसको यरोसेल पातलो भएर संक्रमण कम गर्ने क्षमता गुमाउने गरेको उनले बताए । यस्तो अवस्थामा भाइरस कम संक्रामक हुन्छ ।

एक–अर्काको नजिक बस्दा कोरोना संक्रमण सर्ने भने निश्चित छ । एक व्यक्तिबाट अर्काे व्यक्तिको बीचमा केही दूरी हुँदा भाइरसको यरोसेल पातलो भएर संक्रमण कम गर्ने क्षमता गुमाउने गरेको उनले बताए ।

हावामा भाइरसहरू कति लामो समयसम्म जीवित हुन्छ भन्नेबारे हामो अनुमानहरू विगतमा गरिएका प्रयोगहरूमा आधारित छन् । जहाँ भाइरस सिल गरिएको भाँडामा स्प्रे गरिन्छ, यी भाँडाहरूलाई ‘गोल्डबर्ग ड्रम’ भनिन्छ । यो कुराको प्रयोग गरेर भाइरसलाई तिन घन्टापछि पत्ता लगाउन सकिन्छ ।
फोक्सोबाट भाइरस बाहिर निस्किँदा कार्बनडाईअक्साइड हुन्छ । बाहिर निस्केपछि यसको प्रभाव चाँडै कम हुन्छ, अर्थात् सुख्खा हुन थाल्छ । यो कारकले भाइरसलाई मानव कोशिकाहरूलाई हानी गर्नबाट रोक्छ ।

भाइरसको सुख्खापन आद्र्रतामा निर्भर गर्दछ । यद्यपि, यो पनि देखियो कि हावाको तापक्रमले भाइरसको संक्रमणमा कुनै प्रभाव पार्दैन । जब आद्र्रता ५० प्रतिशत भन्दा कम हुन्छ, भाइरसले ५ सेकेन्डभित्र आफ्नो संक्रामकता गुमाउँछ । त्यसैगरी, परीक्षणका क्रममा आद्र्रता ९० प्रतिशत घटाउँदा फायरपावर थप घटेको पाइयो ।
यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested