English

बुस्टर डोजबारे भ्रम र यथार्थ !



कोरोना तेस्रो लहर शुरु भएसँगै विश्वमा दैनिक संक्रमितको संख्या ३० लाखको हाराहारीमा छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टको तुलनामा बढी संक्रमक भएको कारण एकदमै न्यून संख्यामा पुगेको संक्रमितको संख्या फेरि उकालो लागेको छ । कोरोना खोप लगाएका व्यक्तिहरू पनि संक्रमित हुन थालेपछि विभिन्न देशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन शुरु गरिएको छ ।

काठमाडौंमा पनि आजबाट बुस्टर डोज लगाउन शुरु गरिएको छ । कोभिडविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कम गर्छ भन्ने कुरा पनि सुन्नमा आइरहेको बेला बुस्टर डोज लगाउनु कति प्रभावकारी भन्ने विषयमा हामीले विज्ञहरूसँग बुझ्ने प्रयास गरेका छौँ ।

डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ

‘अन्य देशमा गरिएको अध्ययन अनुसन्धानअनुसार बुस्टर डोजले एन्टिबडीको मात्रालाई बढाउनको लागि सहयोग गर्छ ।’

कोरोना बुस्टर डोज खोप सोमबारबाट लगाउन शुरु गरिएकोले यो कति प्रभावकारी छ भन्ने कुरा थाहा पाउन केही समय प्रतिक्षा गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अन्य देशमा गरिएको अध्ययन अनुसन्धानअनुसार बुस्टर डोजले एन्टिबडीको मात्रालाई बढाउनको लागि सहयोग गर्छ ।’

हामीले भर्खरै बुस्टर डोज लगाउन शुरु गरेका छौँ । तर, अमेरिकाले बुस्टर डोजले एन्टिबडीको मात्रा बढाउँछ भन्ने अध्ययन गरेर नै बुस्टर डोज दिइरहेका छन् । अहिलेसम्मको अनुसन्धान हेर्दा बुस्टर डोजले शरीरमा एन्टिबढिको स्तर बढाउने डा.पुनले बताए ।

बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता कम गराउँछ भन्ने भ्रम पनि समाजमा छ । तर, अहिलेसम्मको अनुसन्धानले त्यस्तो देखाएको छैन । कोरोना खोपको पुर्ण मात्रा लगाएको ६ महिना कटिसेकेका व्यक्तिहरूले बुस्टर डोज लगाउन सक्ने उनी बताउँछन् ।

अहिलेसम्मको कुनै पनि अध्ययनहरूले बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता कम हुने कुरा नजनाएको उनी बताउँछन् ।

डा. समीर कुमार अधिकारी
सहप्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना खोपको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता कम गर्ने कुरा भ्रम मात्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । बुस्टर डोजले शररीमा एन्टिबडीको मात्रा बढाउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने अधिकारीले बताए । अहिलेसम्मको कुनै पनि अध्ययनहरूले बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता कम हुने कुरा नजनाएको उनी बताउँछन् ।

बुस्टर डोज प्रभावकारी भएकोले नै दीर्घरोगी तथा अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा दिँदा एन्टिबडीको मात्रा बढ्ने र संक्रमित भएको खण्डमा पनि सिकिस्त हुने अवस्था सिर्जना नहुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

पहिले जुन खोप लगाएको छ त्यही खोपको बुस्टर डोज लगाएपछि इम्युनिटी पावर बढ्छ र संक्रमित हुने सम्भावना कम हुन्छ र संक्रमित भएको खण्डमा पनि बिरामी गम्भीर प्रभाव नपर्ने अधिकारीले बताए । ‘संक्रमण अरूलाई सार्ने सम्भावना पनि कम हुने भएकोले कुनै पनि संकोच बिना बुस्टर डोज लगाउनुपर्छ ।’

डा. प्रभात अधिकारी
संक्रामक रोग विशेषज्ञ

‘संक्रमण अरूलाई सार्ने सम्भावना पनि कम हुने भएकोले कुनै पनि संकोच बिना बुस्टर डोज लगाउनुपर्छ ।’

अन्य देशहरूको तथ्यांक हेर्दा खोप लगाएका व्यक्तिहरू संक्रमित भएको खण्डमा पनि धेरै सिकिस्त भएका छैनन् र खोप नलगाएका व्यक्तिहरू बढी सिकिस्त भएका छन् । कोरोना खोप लगाएको ६ महिनापछि इम्यिुनिटी घट्न थाल्छ । त्यसैले, बुस्टर डोजले इम्यिुनिटी पावर बढाउने उनी बताउँछन् ।

यो बुस्टर डोज कति प्रभावकारी छ भन्ने कुरा भने यकिन भन्न नसकिने उनले बताए । भने,‘खोपअनुसार प्रभावकारिता पनि फरक हुने भएकोले यती प्रभावकारी छ भनेर भन्न मिल्दैन ।’

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested