English

लकडाउनमा पार्टी गरेपछि प्रधानमन्त्री कार्यालयले माफी माग्यो



बेलायतका प्रधानमन्त्री कार्यालयले बर्मिङघम प्यालेससँग लकडाउनका बीचमा पार्टी गरेकोमा माफी मागेको छ । प्रधानमन्त्रीको सरकारी आवास ‘१० डाउनिंग स्ट्रीट’ का कर्मचारीमाथि दुई पार्टी आयोजना गरेको आरोपको थियो ।

यस्तो पार्टी ड्यूक अफ एडिनबर्गको अन्तिम संस्कारको पूर्व संध्यामा आयोजना गरिएको थियो । लण्डनबाट प्रकाशन हुने ‘द टेलीग्राफ’ को रिपोर्ट अनुसार यस आयोजनमा करीब ३० जना सहभागी भएका थिए । पार्टीमा बिहानसम्म रक्सी र नाचहरु भएका थिए ।

यो पार्टी यस्तो समयमा भएको थियो जतिबेला विश्वभर कोरोना महामारीको प्रकोप फैलिएको थियो र बेलायतमा कयौं खालका प्रतिबन्धहरु लगाइएको थियो । तर, यी दुवै पार्टीमा बेलायती प्रधानमन्त्री बेरिस जोनसन सहभागी भएका थिएनन् ।

‘१०, डाउनिंग स्ट्रिट’ रक्सी र नाँचसँग जोडिएको आरोपमा पहिला एक कर्मचारीको बिदाइ भाषण आयोजना भएको बताइएको थियो ।

बेलायती प्रधानमन्त्रीले हालसालै आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रिट’ मा भएको रक्सी पार्टीलाई लिएर माफी मागेका हुन् ।

यो पनि
आठ हप्ताभित्र युरोपको आधा जनसंख्यामा कोभिड हुन्छ : डब्लूएचओ
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested