English

‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’



सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै, २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ ।

के हो स्मार्ट लकडाउन ?

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार स्ट्रिक्ली लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन भएको जनाइएको छ । स्मार्ट लकडाउनमा भीडभाड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीसाधन गुडाउने लगायतका रणनीति समेटिएको हुन्छ ।

सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि लकडाउन भई आफ्नो रोजीरोटी खोसिने पो हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । सङ्क्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नुपरेका नेपालीहरूमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो ।

पुस २३ गते शनिबार १४ हजार नौ सय ७१ जनामा परीक्षण गरेकामध्ये दुई सय ६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा मंगलबार ११ हजार ४ सय २९ परीक्षण गरेकामध्ये १ हजार ४ सय ४६ सङ्क्रमित देखिएका छन् । साथै, नेपालमा हाल सात हजार ८ सय ५५ सक्रिय सङ्क्रमति पुगेका छन् । यसरी अहिले दैनिक सङ्क्रमित हुनेको संख्या बढिरहेको छ ।

तीव्र गतिमा बढ्दै सङ्क्रमण दर

कोरोना भाइरस सङ्क्रमण दरमा पनि वृद्धि भएको छ । पुस १९ गते कुल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण पुस २६ गते कुल परीक्षणमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै, पुस २५ गते कुल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै लकडाउनको अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । ‘बन्दाबन्दी बारेमा छलफल नै भएको छैन’, उनले भने– ‘हामी अहिले सङ्क्रमणका रोकथाम र नियन्त्रणमा ध्यान दिन्छाँै । अहिल्यै नै बन्दाबन्दीबारे सोचेका नै छैनौँ ।’

मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार मन्त्रालयले ‘स्मार्ट लकडाउन गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ ।

लक्षित वर्गलाई खोप लगाएपछि बुस्टर डोज दिइने
स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पु¥याइएको छ । मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ ।

बुस्टर डोज अग्रपङ्क्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो ।

ओमिक्रोन भेरियन्ट रोकथामको तयारी

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोखिम हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

उनका अनुसार यहाँ सघन उपचार कक्ष २ हजार ७ सय ९७, भेन्टिलेटर १ हजार ८, एचडीयु ३ हजार ८ सय ४६ उपलब्ध छन् । यस्तै, अक्सिजन सिलिन्डर १३ हजार ९ सय ३९, अक्सिजन कन्सन्टे«टर ६९३ रहेका छन् । यसैगरी, २५ अक्सिजन ट्यांकमा १९ वटा र १ सय ७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । उपत्यकामा दुई हजार ४ सय ९४ आइसोलेसन श्यया, ३२४ एचडीयू, ४ सय ४५ आइसीयू र २५४ भेन्टिलेटर रहेका छन् ।

प्रदेश नं १ मा ११ वटा प्रदेश २ मा ६ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताइन् ।

‘समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेनमार्फत परीक्षण गर्न र पहिचान भएका सङ्क्रमितको उचित व्यवस्थापन गर्नसमेत सबै स्थानीय तह र प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ,’ उनले भनिन् ।

यस्तै, सीमा नाकामा कोरोना भाइरसको परीक्षण थप बढाउने र सङ्क्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ रहेको छ । ओमिक्रोन भेरियन्ट पत्ता लगाउन मन्त्रालयले नियमितरूपमा परीक्षणको काम गरिरहेको छ ।

यो पनि

कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण

नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,