English

सातामा नेप्से ६ प्रतिशतले वृद्धि, कुन समूहको कति बढ्यो ?



यो साता नेप्से परिसूचक ६ प्रतिशत बढेको छ। गत साता २६९२.४७ विन्दुमा बन्द भएको नेप्से, यस साता १६५.२८ अंक अर्थात् ६.१४ प्रतिशत बढेर २८५७.७५ विन्दुमा बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार उकालो लागेसँगै नेप्से सो दरमा बढेको हो। यस साताको बुधबार नेप्सेमा साढे ३० अंकको करेक्सन भएको थियो।

यस साता सेन्सेटिभ इन्डेक्स ४.८७ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ६.२३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.७३ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम, कारोबार संख्या र शेयर संख्या पनि बढेको छ। गत साता दैनिक औसतमा ४ अर्ब २५ करोडको शेयर खरिद-बिक्री भएको बजारमा यस साता दैनिक औसतमा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस साता दैनिक औसत कारोबार रकम ६७.७६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता कारोबार संख्या ४९.९९ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कुल बजार पुँजीकरण पनि ६ प्रतिशतभन्दा बढी बढेको छ। गत साता ३८ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण यस साता २ खर्ब ३३ अर्ब रुपैयाँ बढेर ४० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested