English

डब्लुएचओ भन्छः ओमिक्रोनबाट बच्न खानुस् यस्ता खानेकुरा



कोरोना महामारीको नयाँ भेरियन्टले सारा विश्वलाई नै फेरि आतंकित छ । पछिल्लो दुई वर्षमा कोरोना संक्रमणले लाखौँको ज्यान लिइसकेको छ । कोरोनाको नयाँ भेरियन्टहरू निरन्तर रूपमा देखापरिरहेका छन् र हाल सम्पूर्ण विश्व ओमिक्रोनसँग लडिरहेको छ ।

कोरोना संकमणबाट बच्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो रहनु सबैभन्दा जरुरी हुन्छ । यसका लागि व्यायामका साथसाथै स्वस्थ आहार लिनु पनि जरुरी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि मानिसहरूलाई स्वस्थ आहार लिन सल्लाह दिएको छ । यसले कोरोनासँग लड्न धेरै हदसम्म मद्दत गर्नेछ । मोटोपना, मधुमेह, मुटुसम्बन्धी रोगलगायत अन्य रोगका लागि पनि यी स्वस्थ आहार लाभदायक हुन्छ ।

विविधतायुक्त खानेकुरा

कोरोनासँग लड्नको लागि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु निकै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा खानामा विविधता चाहिन्छ । डब्लूएचओका अनुसार खाना सन्तुलित र स्वस्थ हुन आवश्यक छ । खानामा सम्पूर्ण अन्नको साथै, हरियो सागसब्जी र फलफूल अनिवार्य हुनुपर्छ ।

नुन

यदि, नुन धेरै खानुभयो भने, यो स्वस्थ्यको लागि हानिकारक हुन सक्छ । डब्ल्यूएचओका अनुसार दैनिक पाँच ग्राम (लगभग १ चम्चा) भन्दा बढी नुनको सेवन गर्नु हुँदैन ।

बोसो र तेल

स्वस्थ रहन घ्यू र बटरको सट्टा जैतुन, सोया, सूर्यमुखी वा मकैको तेल प्रयोग गर्नु राम्रो हुन्छ । यसबाहेक खानामा कम बोसो भएको मासु प्रयोग गर्नुपर्छ ।

चिनी

कोरोनाको संकटका बीच (डब्ल्यूएचओ) ले नियमित आहारमा चिनीको मात्रा नियन्त्रण गर्न सल्लाह दिएको छ । कोल्ड ड्रिंक्स, चकलेट, मिठाइ खाजाजस्ता धेरै चीजहरूमार्फत हामी हरेक दिन धेरै चिनी लिन्छौँ । यस्तो अवस्थामा तिनीहरूले शरीरलाई धेरै हानि पुर्याउ न सक्छन् ।

हाइड्रेटेड रहनुहोस्

हाम्रो शरीरमा सधैँ पर्याप्त मात्रामा पानी हुनु महत्त्वपूर्ण हुन्छ । पानीको कमी हुँदा यसको प्रत्यक्ष असर प्रतिरक्षा प्रणालीमा पनि पर्छ । त्यसैले, दैनिक ३ लिटर सादा पानी पिउनु राम्रो हो ।

मद्यपान

यदि, तपाईं रक्सी सेवन गर्नुहुन्छ भने तुरुन्तै त्यसबाट टाढा रहनुपर्छ । यो एक स्वस्थ आहारको भाग होइन । मदिरा सेवनले कोभिड–१९ को जोखिम कम गर्दैन यसले जोखिमलाई झन् बढाउन सक्छ ।

बालबालिकाका लागि

बालबालिकाको खाना र पेय पदार्थको सन्दर्भमा, विश्व स्वास्थ्य संगठनको अनुसार ६ महिना सम्मका बच्चाहरूको लागि आमाको दूध उत्तम आहार हो । २ वर्षसम्मका बालबालिकालाई स्तनपान गराउन सकिन्छ । यो कोरोनाबाट बच्न सहयोगी साबित हुन सक्छ ।

यो पनि…
नेपालमा कोरोनाको अर्को लहर, के छ सरकारको तयारी ?
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू, भेन्टिलेटर ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested