English

यसरी सजाऔँ घरलाई



सुन्दर गृहको चाहना सबैको हुन्छ । घर सानो होस वा ठूलो । आफ्नै होस वा भाडाको । स–साना कुराहरूलाई राम्रोसँग सजाउने हो भने सुन्दर देखिन्छ । तर, कतिपय स–साना कुरालाई ध्यान दिँदैनौं र घरको सुन्दरतालाई बिगार्छौं । जब घर सजाउनुहुन्छ । तब घरमा मायाका रगं भरिन्छ । आउनुहोस् आज घरलाई सजाउने केही तरिका बताउने कोसिस गरेका छौँ ।

फर्निचरलाई रिअरेन्ज गर्ने

फर्निचरलाई घरमा एक निश्चित स्थानमा राखिन्छ । फर्निचरलाई पटक–पटक बदल्न सम्भव हुँदैन । यदि, तपाईं आफ्नो घरमा बदल्न चाहनुहुन्छ भने घरको स्पेको हिराबले फर्निचरलाई रिअरेन्ज गर्न सकिन्छ । यदि, चाहने हो भने आफ्नो फर्निचरलाई पेन्ट गरेर नयाँ रूप दिन सकिन्छ । यो एउटा बदलावले गर्दा तपाईंको पूरा घरको नयाँ रूप बन्न सक्छ ।

भित्तामा फोकल पोइन्ट क्रिएट गर्ने

भित्तामा फोकल पोइन्ट बनाउनुको फाइदा यो हुन्छ कि यसले गर्दा पूरै रुमको लुक्स ब्यालेन्स हुन्छ । साथै रुमको हरेक कुनामा डेकोरेसनको आवश्यक पर्दैन । आवश्यक पर्दैन कि भित्तामा फोकल पोइन्ट क्रिएट गर्नुपर्छ । रूममा गमला राखी या अन्य तरिकाबाट पनि फोकल क्रिएट गर्न सकिन्छ ।

गो ग्रिन

यदि, घरमा हरियाली भयो भने पूरै घर सुन्दर देखिन्छ । फूल बिरुवाहरूको सहयोगले घरलाई सजाउन सकिन्छ । यो सस्तो पनि हुन्छ र स्वास्थको लागि पनि फाइदाजनक हुन्छ । यसले तपाईंको घरलाई सुन्दर बनाउन मद्दत गर्छ । यदि, स्पेस कम छ भने हेंगिग प्लांटिङको सहाराबाट पनि घरमा हरियाली बढाउन सकिन्छ । नयाँ आकार दिने भित्तालाई कोठाका भित्ताहरू पूरै कोठाको शान बढ्छ । यसको बदलावले कोठालाई सुन्दर बनाउँछ । विभिन्न कलर वा आजकल थ्री डिजाइनबाट पनि कोठालाई रियल लुक्स दिन्छ । यसले गर्दा पूरै रुमको रौनक बढ्छ र सुन्दर पनि देखिन्छ ।

सानो सानो बदलाव

यदि, तपाईं घरमा नयाँपन चाहनुहुन्छ भने सानो सानो कुरालाई बदल्नुहोस् । जस्तै, पर्दा, टेबल रर्नस, बेडसिट, कभर आदि कुरालाई बदल्न सकिन्छ । यदि, तपाई घरमा बिरुवालाई धेरै थरिका कलरहरू लगाई अझ बढी आकर्षक बनाउन सकिन्छ । साथै, नक्कली फूल लिएर पनि घरलाई सजावट गर्न सकिन्छ । यस्तो गर्दा सस्तो पनि हुन्छ र धाएर फेरि पटक–पटक प्रयोग गर्न सकिन्छ ।

यो पनि पढनुहोस् ।
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार
गर्मीमा घरलाई प्राकृतिक तरिकाले कसरी शीतल बनाउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested