English

इन्डोस्कोपी किन र कसलाई ?



डा. अवशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ

सदाझैं ओपीडीमा बिरामी हेर्दै थिएँ । भर्खरै चिसो मौसम शुरु भइरहेको थियो । त्यतिबेला एक जना ४४ वर्षका पुरुष ओपीडीमा आउनुभयो । उहाँ विगत ६ महिनादेखि छातीको बीच भागमा पोल्ने, गाह्रो हुन्छ, कमजोरी हुन्छ भन्दै आउनुभयो ।

काठमाडौं नजिकै बस्ने उहाँ त्यहीँ नजिकै रहेको औषधि पसलमा ग्यास्ट्रिकको औषधि खाएर बस्नुभएको रहेछ । पसलमा ग्यास्ट्रिक हो भनेर दिएको औषधिले शुरुमा केही ठीक गरेता पनि पछि निकै छाती पोलेपछि उहाँ मुटुको डाक्टरकोमा जानुभएछ र त्यताबाट पेटको समस्या हो भन्दै पठा यहाँ पठाएका रहेछन् । उहाँको इन्डोस्कोपी गर्दा खाने नली (इसोफेगस) मा मासु पलाएको रहेछ । करिब १० सेमी लामो थियो जुन पछि जाँच गरेर हेर्दा क्यान्सर निस्कियो ।

इन्डोस्कोपी एउटा परीक्षण प्रकिया हो, यसको मद्दतले शरीरको भित्रपट्टि जाँच हुन्छ । एउटा लामो पातलो ट्युबमा क्यामरा राखिएको हुन्छ र भित्र (पेटको नली, पेट, आन्द्राको पहिलो र दोस्रो भागसम्म) राम्रोसँग नियालेर हेर्न सकिन्छ ।

इन्डोस्कोपी एउटा परीक्षण प्रकिया हो, यसको मद्दतले शरीरको भित्रपट्टि जाँच हुन्छ । एउटा लामो पातलो ट्युबमा क्यामरा राखिएको हुन्छ र भित्र (पेटको नली, पेट, आन्द्राको पहिलो र दोस्रो भागसम्म) राम्रोसँग नियालेर हेर्न सकिन्छ ।

सामान्यतया पेटको समस्या विभिन्न कारणले हुन सक्छ । त्यसको ठोस कारण के हो भनेर सीधै हेर्न मिल्ने एक मात्र उपाय इन्डोस्कोपी नै हो । यसले पेट र आन्द्रामा घाउ भएको, साँघुरिएको, मासु पलाएको र कतैबाट रगत बगे–नबगेको सबै स्पष्टरूपमा देखाउँछ ।

किन गरिन्छ इन्डोस्कोपी ?

इन्डोस्कोपी पेट र पाचन प्रणालीका विभिन्न समस्यालाई आफ्नै आँखाले हेरी त्यसका कारण पत्ता लगाउने सबैभन्दा राम्रो उपकरण हो । यसको प्रयोग विशेषगरी तल उल्लेख गरिएका समस्यामा गरिन्छ:
– निरन्तर लामो समयसम्म छाती पोलेमा
– पेटबाट रगत बगेको बेला, रगत बान्ता गरेमा, कालो दिसा गरेको बेला (दिसा कालो भनेको पेटबाट रगत गएको) भन्ने बुझिन्छ ।
– शरीरमा रगतको कमी भएमा प्रायजसो ५० कटेको मानिसमा रगतको कमी पेट र आन्द्राको समस्याबाट हुने भएकाले रगतको कमी हुँदा इन्डोस्कोपी गरेर हेर्ने गरिन्छ ।
– निरन्तर वाकवाकी वा वान्ता भएमा
– लामो समयसम्म पेट दुखेमा
– निल्न गाह्रो भएको बेला वा निल्दा केही अड्किएको अनुभव भएमा
– अनावश्यकरूपमा वजन घटेको खण्डमा

कतिपय मानिसलाई इन्डोस्कोपी धेरैपटक गरे आन्द्रा प्वाल पर्छ भन्ने भ्रम भएको पाइन्छ । तर, त्यो सत्य होइन । कतिपय मानिस माथिल्लो पेटलाई मुटु दुखेको भन्दै मुटुको समस्या भन्दै बसेको पाइन्छ । प्रायः मुटु र पेटको दुखाइ २५ देखि ३५ प्रतिशतमा उस्तै हुन्छ यसलाई ‘नन कार्डियाक चेस्ट पेन’ भनिन्छ । यस्तो प्रायः पेटको समस्याले हुने गर्छ ।

त्यस्तै, घाँटीको मुनिदेखि छातीको बीच भाग पोल्ने समस्या पनि पेट र आन्द्राको समस्याको कारणले हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । यस्ता समस्या बेलैमा पहिचान नहुँदा ढिलो रोग पत्ता लाग्ने र उपचार गर्न कठिन पनि हुन सक्छ ।

इन्डोस्कोपीबाट पत्ता लाग्ने रोग

– अल्सर : पेट, आन्द्रा र छातीको नलीको अल्सर पत्ता लगाउने एक मात्र विधि इन्डोस्कोपी मात्रै हो ।
– क्यान्सर : पेट पाचन प्रणालीको क्यान्सर देखिने मात्रै होइन त्यसको पहिचान गर्नलाई चाहिने बायोप्सी इन्डोस्कोपीबाट मात्रै सम्भव छ ।
– पेट र आन्द्रा सुनिएको
– खाने नलीमा साँघुरो भएमा : जसले गर्दा खाना निल्न गाह्रो हुन्छ
– ग्यास्ट्रो इसोफेजिल रिफ्लेक्स
– पाचन प्रणालीमा समस्या : लामो समयसम्म दिसा नभएमा पहिलो टेस्ट भनेको सानो आन्द्राको मासुको जाँच हो, त्यसको लागि इन्डोस्कोपी गरिन्छ ।

इन्डोस्कोपी गर्दाको फाइदा

– रोगको ठोस निकास र पहिचान
– रगत आएमा रोक्न मिल्ने : पेटभित्रको रगत बगिराखेमा इन्डोस्कोपीबाट नै यसको रोकथाम गर्न मिल्छ र अपरेसन गर्नुपर्दैन ।
– केही अड्किएमा निकाल्न मिल्ने : सानो चिज (किल्ला, सिक्का खाएर अड्किएको खण्डमा) पेटको नलीमा अड्केको छ भने निकाल्न मिल्छ, अपरेसन गर्नुपर्दैन ।
– सानो मासु पलाएको ठाउँमा काट्न मिल्छ ।

यो पनि…
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested