English

पत्रकारका परिवार, आफन्तलाई २५ प्रतिशतसम्म छुट

नेपाल मेडिकल कलेजमा इमर्जेन्सी, ओपीडी र जनरल बेड निःशुल्क



जोरपाटी अन्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले इमर्जेन्सी, ओपीडी र जनरल बेडको निःशुल्क सेवा दिने भएको छ । सोमबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीले पौष १५ गतेदेखि माघ १५ सम्म उक्त सेवा दिइने बताएका हुन् ।

असहाय, गरिब, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, ज्येष्ठ नागरिकलगायत अस्पतालमा सेवा लिन आउने बिरामीलाई सरल र सुलभ तरिकाले बढीभन्दा बढी उपचार सेवा प्राप्त गरून् भन्ने उद्देश्यले यो सेवा दिइएको अन्सारीले प्रष्ट पारे ।


यसैगरी, अस्पतालले पत्रकार तथा पत्रकारका आफन्त र परिवारलाई सबै सेवामा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । यसका लागि पत्रकारले सूचना विभाग वा सञ्चार रजिस्ट्रार कार्यालयले प्रदान गरेको पत्रकार परिचयपत्र ल्याउनुपर्ने अन्सारीले बताए । ‘हामीले पत्रकारका लागि अस्पतालको सम्पूर्ण सेवामा २५ प्रतिशतसम्म छुटको प्याकेज ल्याएका छौं,’ उनले भने– ‘यो प्याकेज उपभोग गर्नका लागि पत्रकारको परिचय पत्र हुनुपर्नेछ ।’

अस्पतालले आईसीयू क्षमतामा पनि विस्तार गर्ने भएको छ । हाल अस्पतालको ७७ बेड आईसीय सञ्चालनमा रहेको र अब २३ श्ययाको आईसीयू यथाशिघ्र सञ्चालन गरी १०० बेड पुर्याउने अस्पतालले जनाएको छ ।

आगामी वर्षभित्र अस्पतालमा क्याथल्याब सेटअप गरेर सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशक अन्सारीले बताए । अहिले अस्पतालमा एक सिटी स्क्यान र एक एमआरआई मेसिन रहेको उनले जानकारी दिए । ‘अब पाँच वटा अल्ट्रासाउन्ड, एउटा एमआरआई र एउटा सिटी स्क्यान थप गर्दै छौं,’ उनले भने– ‘अब हामी अस्पतालको व्यवस्थापनलाई चुस्त बनाएर बिरामीहरूलाई गुणस्तरीय सेवा दिन्छौं ।’

अस्पतालले मेडिसिन, पेटरोग, इन्डोक्राइनसोलोजी, नेफ्रोलोजी, हेमोडाइलासिस, सर्जरी, स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी, आँखा, नाक, कान, घाँटी, यौन तथा चर्मरोग, मनोचिकित्सा, दाँतरोग, अप्रेसन, आईसीयू, पीआईसीयू, एनआईसीयूलगायतको सेवा दिँदै आएको छ । साथै, बालरोग तर्फ बालबालिकाको पेट, छाती, नवजात शिशुसम्बन्धी बाल नेफ्रोलोजी, बाल कार्डियोलोजी र बालरोग अप्रेसनसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested