English

सेयर बजारमा दिनभरि उतारचढाव



साताको दोस्रो दिन सोमबार पनि शेयर बजार सकारात्मक देखिएको छ । दिनभर तीब्र उतारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो । २८ सय माथि पुगेर फर्किएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १९ अंकले बढेर २७ सय ८४ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढे पनि सोमबार भने बढ्ने र घट्ने कम्पनीहरू लगभग बराबरी जस्तै छन् । कारोबार रकम भने ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अग्रपंक्तिमा देखिएका छन् ।

धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् आयोजना देखिएको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढेर २ सय ८५ रुपैयाँमा पुगेको छ । यसैगरी, युनियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी, खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३ सय ३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ, गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ, नेसनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested