English

खोप नलगाएका समूहबाट नै कोरोनाको नयाँ भेरियन्ट उत्पादन हुन्छ



  • डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ

२०७७ मंसिर १० मा, विश्व स्वास्थ संगठन भाइरस विकासक्रम अध्ययन गर्ने प्रविधिक सल्लाहकार समूहको सल्लाहमा बी १.१.५२९ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखियो । यो भेरियन्टलाई चिन्ताजनक विषय भनेर पनि घोषणा गरियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरूको मृत्यु भएको र यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससको भनाइ छ ।

गम्भीरताको स्तर बुझ्न केही समय आवश्यक पर्छ नै । ओमिक्रोनको संक्रमणले तुलनात्मक रूपमा धेरै गम्भीर समस्या निम्त्याउँछ भन्ने कुरा पनि अझै स्पष्ट भइसकेको छैन । डेल्टा भेरियन्टसँग यसको गुणहरू मिल्ने भएकोले विश्व स्वास्थ संगठनले यसलाई चिन्ताजनक विषय भनिसकेकोे छ ।

हालको परीक्षणले ओमिक्रोन पहिचान कसरी गर्न सक्छ ?

धेरै मात्रामा प्रयोग भइरहेको पीसीआर परीक्षणले ओमिक्रोनको संक्रमण पत्ता लगाउन सक्छ । अन्य प्रकारका परीक्षणहरूमा कुन हदसम्म प्रभाव छ या छैन भनेर निर्धारण गर्न अध्ययनहरू दु्रुतस्तरमा जारी छन् ।

यो नयाँ भेरियन्ट कति संक्रामक छ

कति संक्रामक र कति असरदार छ भन्ने निर्धारण गर्न अध्ययन अनुसन्धान भइरहेको छ । प्रभावित दक्षिण अफ्रिकी क्षेत्रहरूमा संक्रमित व्यक्तिको संख्या धेरै बढेको छ । यो ओमिक्रोनको नयाँ भेरियन्टको कारणले हो वा अन्य कारणहरूले हो अझै स्पष्ट भएको छैन ।

के कोभिडले हामीलाई यसरी नै सधैं दुःख दिइरहन्छ त ?

विश्वको सबै मानिसले खोपको पूर्ण मात्रा पाए भने कोभिड नियन्त्रणमा आउन सक्छ । तर, विश्वमा सबैले खोप नपाएको हुनाले त्यही खोप नलगाएका समूहबाट नयाँ–नयाँ भेरियन्ट फैलिरहेको छ ।

कोरोनाको दोस्रो भेरियन्ट भारतमा धेरै मात्रामा फैलिएको थियो किनकि त्यहाँ कोरोनाको खोप लगाउनेको संख्या एकदमै कम थियो । अहिले दक्षिण अफ्रिकामा यसको प्रभाव बढी देखिएको छ । किनकि, त्यहाँका धेरैले खोप पाएका थिएनन् । त्यसैले, हामीले योबाट के बुझ्न सक्छौं भने जहाँका मानिसहरूले खोप पाएका छैनन् त्यहाँ यसको प्रभाव देखिएको छ र नयाँ–नयाँ भेरियन्टहरू उत्पादन भइरहेका छन् । त्यसैले, विश्वको सबै मानिसहरूले खोप लगाउनुपर्छ । अहिले जुन रूपले भाइरस परिर्वतन भइरहेको छ त्यसको अवस्था हेर्दा खोप नै कोरोनाको प्रभावलाई कम गर्ने राम्रो उपाय हो ।

खोपले काम गर्छ कि गर्दैन

‘प्राकृतिक इम्युनिटी तथा खोपको प्रयोगले यो भेरियन्टबाट बच्न सकिन्छ कि सकिँदैन’ भन्ने धेरैको प्रश्न हुन्छ । यस भेरियन्टमा भर्खरै कोरोना संक्रमित भएका तथा खोप लगाएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । खोप तथा नेचुरल इम्युनिटीले १०० प्रतिशत काम गरेको अहिलेसम्मको तथ्याकंमा भेटिएको छैन । तर, खोप लगाएका व्यक्तिहरूमा गम्भीर समस्या भने देखिएको छैन । प्रतिशतको हिसाबमा हेर्दा खोपले ७० प्रतिशतसम्म काम गरेको पाइएको छ ।

ओमिक्रोनका लक्षणहरू

ओमिक्रोनको लक्षणलाई ‘माइल्ड टु मोडरेट’ भनिन्छ । यसमा कोभिडको अन्य भेरियन्ट जस्तै ज्वरो आउने, अत्यधिक थकानको महसुस हुने, टाउको धेरै दुख्ने, शरीर पनि दुख्ने, खोकी लाग्ने जस्ता लक्षणहरू देखिन्छ । अन्य भेरियन्टमा जस्तो गन्ध र स्वाद हराउने लक्षण भने ओमिक्रोन भेरियन्टमा देखिएको छैन ।

सुरक्षित हुने उपाय

– कोरोना खोप लगाउने ।
– सुरक्षित तथा सामाजिक दूरी कायम राख्ने
– भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने
– हाच्छ्युँ गर्दा कुहिनाले नाक तथा मुख ढाक्ने
– झ्याल तथा भेन्टिलेसन खुल्ला राख्ने
– बेला–बेलामा साबुन पानीले मिची–मिची हात धुने

यो पनि…
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
ओमिक्रोनले विशेषगरी यस्ता ठाउँमा गर्छ असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested