English

सुत्केरीलाई घिउ र कुखुराको भाले



सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । वाणगंगा नगरपालिका वडा नं. १ ले वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरूलाई उपहार प्रदान गरिएको छ । वडाअध्यक्ष तथा नगरप्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहारस्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनपर्छ भन्ने सन्देश फैलियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।

यस आर्थिक वर्षमा वडाभित्रका सुत्केरीलाई लक्षित गर्दै गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलनसमेत अन्त्य भएको बताइएको छ । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्यप्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको वडा सचिव नरेन्द्र पोख्रेलले बताए ।

यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested