English

कंगनाको चाहना : उजुरी कम, प्रेमपत्र बढी



आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् ।

‘विश्वमा केवल एक राहु–केतु मन्दिर छ । यो तिरुपति बालाजीको नजिक छ । यहाँ केही अनुष्ठान गरेँ । पाँच मौलिक लिंगोमध्ये वायु (वायु तत्व) लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्– ‘म आफ्नो प्रिय दुश्मनको दयाका लागि यहाँ गएकी थिएँ । यो वर्ष मलाई कम प्रहरी उजुरी/एफआईआर तथा बढी प्रेम पत्र चाहिएको छ । जय राहु केतुजीको ।’

कामको कुरा गर्दा कंगना आगामी फिल्म ‘धाकड’ को तयारीमा छिन् । जुन एक्सन थ्रिलर फ्लेभरमा छ । यो फिल्म सन् २०२२ को अप्रिल ८ मा रिलिजको तयारीमा थियो । तर निर्माताले यसलाई मेसम्म सारेका छन् ।

उनको हातमा फिल्म ‘तेजस’ पनि छ । यो फिल्मले एक साहसी महिला पाइलटको कथा देखाउनेछ ।

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested