English

‘बन्दिपुरैमा’: अमेरिकामा गीत,नेपालमा संगीत अनि युट्युबमा हिट (भिडियो पनि)



‘डोको नाम्लो लुङ्गी र चोलीमा
लठ्ठै परेँ मायाको बोलीमा
बन्दिपुरैमा ।
माया भेटियो बन्दिपुरैमा
पिरिम बसिगो कुरै–कुरैमा’


तनहुँस्थित बन्दीपुर केन्द्रित यो गीत, जसले ४० को दशकका चर्चित गायकलाई नयाँ पुस्तामाझ परिचित गराइदियो । ती गायक हुन्– ‘प्रेमराजा महत’ ।

कुनैबेला, नेपाली सांगीतिक क्षेत्रका राजा नै हुन्, प्रेमराजा । ४० र ५० को दशकमा उनले गाएका गीत कालजयी छन् । ‘पानको पात’, ‘हिउँचुलीमा हिउँ’, ‘सिमसिमे पानीमा’, ‘सालैको पातैमा’, ‘बाँझो खेतमा’ लगायतका गीत नेपाली जिब्रोमा झुन्डिएको छ । तर, यी गायकले नेपाल छोडी अमेरिका बस्न थालेको २५ वर्ष बितिसक्यो । यद्यपि, संगीतको भोकले भने उनलाई बेला–बेलामा नेपाल बोलाइरहन्छ ।

त्यही भोक मेट्न महत ‘बन्दिपुरैमा’ गीतको शब्द बोकेर केही महिनाअघि नेपाल आए । नेपालमै गीत गाए, संगीत भरे गायिका शान्तिश्री परियारलाई लिएर । गीतको भिडियो बन्दीपुर आसपासमै छायांकन गरे । भिडियोमा मोडल रञ्जिता गुरुङसँग ठुम्कासमेत कसे । गीतले सर्वत्र चर्चा पाइरहेको छ ।

उनको यो क्रम चलिरहन्छ । हरेक वर्ष नेपाल आउँछन् । नयाँ पुस्तासँग साक्षात्कार गर्ने प्रयास गर्छन् । दुई वर्षअघि नेपाल आएकै बेला ‘लाम माया छपक्कै’ बोलको गीत बजारमा ल्याए । त्यो गीतले करिब २० लाख भ्युज बटुलिसकेको छ । त्यसैले, महतलाई नेपाली माटोले खोजिरहेको छ ।

महतको सांगीतिक यात्रा

तनहुँको ढोरफिर्दीमा जन्मिएका महतको घर संगीतमय थियो । उनका बुबा गाउँमा जिम्वाल थिए । उसो त दुईजना गाइनेहरू दिनहुँ घरमा सारंगी बजाउँदै गीत गाउन आउँथे । तिनै गाइनेले रेटेको सारंगीले उनलाई गायकको सपना देखायो । अर्को कुरा जनकवि केशरी धर्मराज थापा उनको बुबाका साथी थिए । उसो त थापा घरमा आइरहन्थे । आएको बेला गीत गाउँथे । थापाको गीत सुन्न पूरै गाउँलेहरू झुम्मिन्थे । त्यो देखेका महतलाई गायक बन्ने सपनाले झनै नजिक्यायो ।

२०३६ मा धर्मराज र कुमार बस्नेतजस्तै गायक बन्ने सपना सजाएर काठमाडौं ओर्लिए । त्यतिबेला गीत रेकर्डिङ गर्न रेडियो नेपाल मात्र निर्विकल्प थियो । त्यहीँ उनले ‘तारा खसेको कसरी बिर्सने सँगै बसेको’ बोलको गीत रेकर्ड गराए । एकपछि अर्को गीत हिट बन्दै गयो ।

एकदिन, थापाले उनलाई एउटा गीत गाउन भने । महतले गीत गाएको सुनेर थापाले भने– ‘यो केटाको स्वर त गज्जबकै छ, यसलाई त गायक बनाउनुपर्छ ।’ त्यसपछि उनलाई के चाहियो र ! सपना नै गायक बन्नेछ । त्यहाँमाथि धर्मराज जस्तो लोकगायकले नै प्रशंसा गरिदिएपछि झनै उत्प्रेरणा मिल्यो ।

२०३६ मा धर्मराज र कुमार बस्नेतजस्तै गायक बन्ने सपना सजाएर काठमाडौं ओर्लिए । त्यतिबेला गीत रेकर्डिङ गर्न रेडियो नेपाल मात्र निर्विकल्प थियो । त्यहीँ उनले ‘तारा खसेको कसरी बिर्सने सँगै बसेको’ बोलको गीत रेकर्ड गराए । एकपछि अर्को गीत हिट बन्दै गयो । जसले उनलाई गण्डकी अञ्चलको सातौं र तनहुँको पहिलो गायक बनायो ।

अनि अमेरिकातिर…

‘पानको पात’, ‘सिमसिमे पानीमा’, ‘बाँझो खेतमा’ लगायतका गीत हिट बन्दै गएपछि महत नखोज्ने जगत् भेटिएनन् । त्यसो त २०५३ सालमा उनी कार्यक्रमकै सिलसिलामा अमेरिका हानिए । अमेरिकामा लगभग एक वर्ष सांगीतिक कार्यक्रममा महत गुञ्जिए । यही बेला उनलाई अमेरिकामा बस्दै आएका नेपालीले त्यतै बस्न अनुरोध गरे । त्यो अनुरोधले नेपाल छोड्न बाध्य भएको उनी सुनाउँछन् । ‘चाडबाड, मेला महोत्सवमा गीत गाउन हामीलाई तपाईं चाहिन्छ भनेर नेपालीले नै छोड्नुभएन,’ महत विगत सम्झन्छन्, ‘त्यो मायाले अमेरिका बस्न बाध्य पार्यो ।’

अमेरिकामा वर्षमा ५० देखि ६० वटा स्टेज कार्यक्रम हुन्छन् तीमध्ये करिब ४० वटा स्टेजमा म चढेकै हुन्छु,’ महत अमेरिका गाथा सुनाउँदै छन्, ‘अमेरिकाबाटै अन्य देशका सांगीतिक कार्यक्रमा पनि पुगेको छु ।’

अमेरिकामा रहे पनि नेपाली गीत संगीतसँग उनी निकै नजिक छन् । अमेरिकामा नेपाली कला संस्कृति र पर्यटनलाई प्रवर्दन गर्न महतले गतिलो भूमिका खेलेका छन् । त्यहाँ हुने अधिकांश स्टेज कार्यक्रममा महत उक्लिएकै हुन्छन् । ‘अमेरिकामा वर्षमा ५० देखि ६० वटा स्टेज कार्यक्रम हुन्छन् तीमध्ये करिब ४० वटा स्टेजमा म चढेकै हुन्छु,’ महत अमेरिका गाथा सुनाउँदै छन्, ‘अमेरिकाबाटै अन्य देशका सांगीतिक कार्यक्रमा पनि पुगेको छु ।’ साथै, प्रवासमै रहेर पनि यो अवधिमा १५ वटाभन्दा बढी गीतिएल्बम बजारमा ल्याइसकेका छन् । त्यसैले त भन्छन्–‘नेपालकै सांगीतिक स्विमिङ पुलमा डुब्न मन छ ।’

‘नेपाल हाउस’ बाट नेपालको बयान

अमेरिकाको मेरिल्यान्डमा बस्दै आएका महतले ‘नेपाल हाउस’ रेस्टुरेन्ट सञ्चालन गरेका छन् । यो हाउसले व्यावसायका साथै नेपालको कला संस्कृतिलाई प्रवद्र्धन गर्ने सेतुको रूपमा काम गरेको उनी सुनाउँछन् । नेपालमा हाउसमा पुग्नेहरूले पनि नेपाली कला, संस्कृतिको संग्रहालयकै उपमा दिन्छन् । ‘नेपाल हाउसमा हरेक दिन बाँसुरी, मादल र सारंगी गुन्जिन्छ,’ महत नेपाल हाउसबारे बेलिबिस्तार लगाउँदै थिए, ‘नेपाल चित्रलाई भित्तामा सजाइएका छन् जसले अमेरिकीलाई समेत लोभ्याएको छ । त्यहाँ छिरेका एक सयभन्दा बढी अमेरिकीहरू नेपाल घुम्न आइसकेका छन् ।’

अमेरिकाबाटै समाजसेवा

महत सामाजिक सेवामा पनि अग्रपंक्तिमा उभिन्छन् । अमेरिकामा कसैले दुःख पाएको छ भने सहयोग गर्छन् । साथै, नेपालमा कुनै विपत्ति पर्यो भने त्यतिबेला सहयोग संकलन गर्न आफैं अघि सर्छन् । यी कुराले आफूलाई सन्तुष्टि मिल्ने महत बताउँछन् । ‘अमेरिका गएर दुःख पाएका थुप्रै नेपालीलाई सहयोग गरेको छु,’ उनले सुनाए, ‘नेपालमा कुनै विपत्ति वा संकट पर्यो भने सबैभन्दा पहिला प्रवासी नेपालीको मन दुख्छ ।’
महतलाई नेपाल सरकारले अमेरिकाका लागि अवैतनिक महावाणिज्यदूतको जिम्मेवारी पनि दिएको छ । नेपालीको बढी बसोबास भएको राज्यमा उनीहरूलाई सहयोग पुर्याउन सरकारले वाणिज्य दूत नियुक्त गर्छ । त्यो जिम्मेवारीले पनि उनलाई विदेशका नेपालीलाई सहयोग गर्न उत्प्रेरणा जगाएको हुन सक्छ ।

महतको लाइफस्टाइल

नेपालीको तुलनामा अमेरिकी जीवनशैली विल्कुल फरक रहेको महत बताउँछन् । ‘अमेरिकी जीवन सक्रिय छ,’ उनी सुनाउँछन्, ‘नेपालमा काम नगरे पनि समय बिताउन सहज छ तर, अमेरिकामा त्यस्तो सजिलो भने छैन ।’

त्यसो त महत पनि अमेरिकामा व्यस्त हुन्छन् । बिहान सबेरै उठ्छन् । करिब दुई घण्टा संगीत साधना गर्छन् । त्यसपछि, नेपाल हाउस जान्छन् । कसैलाई सहयोगको आवश्यक परेको छ भने गर्छन् । यसरी नै उनको दिनचर्या बितेको छ । अब केही वर्षपछि भने महत नेपालमै बस्नेगरी आउने सोचमा छन् । ‘नेपाली गीत–संगीतको भोक अझै मरेको छैन,’ उनी योजना सुनाउँदै थिए– ‘अझै राम्रा गीत–संगीत सिर्जना गरेर ५० को दशकको जस्तो प्रेमराजा बन्न मन छ ।’

भिडियो

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,