English

कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ



तपाईंलाई कपाल झर्ने समस्याले दुःखी बनाएको छ भने चिन्ता नलिनुहोस् किनकि अब प्राकृतिक विधिबाट पनि कपाल झर्ने समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ । कहिलेकाहीँ कपाल झर्ने समस्याले आत्मविश्वासलाई कम गर्छ । आफ्नो आत्मविश्वास पुनः प्राप्त गर्न, कपाल झर्न रोक्न घरमै यो प्राकृतिक उपाय गर्न सक्नुहुन्छ । कपाल झर्ने समस्याबाट छुटकारा पाउने केही घरेलु उपाय यस प्रकार छ :


ताेरीकाे तेलले मालिस
यदि तपाई कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ भने टाउकोमा नियमित तेल मसाज गर्नुहोस् । यसो गर्दा कपालको फोलिकल्स सक्रिय हुन्छ र कपालको वृद्धि फेरि सक्रिय हुन्छ ।

प्याजको रस
कपाल छिटो बढ्नका लागि प्याजको रस निकै फाइदाजनक हुन्छ । यति मात्र होइन, प्याजको रसले कपाल झर्ने समस्या पनि कम गर्छ । प्याजको रस दुर्गन्धित हुन सक्छ तर यसको धेरै फाइदाहरू छन् । यसको प्रयोगले कपाल झर्न कम हुनुको साथै नयाँ कपाल उम्रन थाल्छ ।


कागतीको रस
टाउकोको विभिन्न समस्याबाट छुटकारा पाउन टाउकोमा ताजा कागतीको रस पनि लगाउन सक्नुहुन्छ । यसलाई नरिवलको तेलमा मिसाएर लगाउनुहोस् । नरिवलको तेलमा कागतीको रस मिसाएर लगाउँदा एकदमै राम्रो नतिजा मिल्छ र टाउकोको कपाल झर्ने समस्या पनि कम हुन्छ ।

माछाको तेल
माछाको तेल पनि टाउकोमा कपाल बढाउनको लागि सजिलो तरिका हो । माछाको तेलमा ओमेगा फ्याटी एसिड हुन्छ, जसले कपाल बढाउन मद्दत गर्छ र राम्रो नतिजा दिन्छ ।

घ्यु कुमारी
कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महँगो उत्पादनहरूमा पैसा खर्च गर्नु पर्दैन । दैनिक ताजा एलोभेरा स्टिकबाट केही ताजा एलोवेरा जेल लिनुहोस् र यसलाई आफ्नो टाउकोमा लगाउनुहोस् । एक घण्टा पछि यसलाई धुनुहोस् । कपाल झर्न रोक्ने यो सबैभन्दा सस्तो औषधि हो ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested