English

लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक



लोकगायक एवं सर्जक खेम सेन्चुरी अहिले एकदमै व्यस्त कलाकारको सूचीमा पर्छन् । एकपछि अर्को हिट गीत दिन सफल सेन्चुरी अहिले पनि नयाँ गीतको तयारीमा व्यस्त छन् । आफ्नो काममा एकदमै व्यस्त उनलाई केही समय फुर्सद मिलेको खण्डमा पुस्तक पढ्न मन पर्छ । उनले पढेका थुप्रै पुस्तकहरूमध्ये उनलाई एकदमै मन परेको तीन पुस्तक यस प्रकार छ –

चिना हराएको मान्छे
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ मलाई एकदमै मन परेको पुस्तक हो । यस पुस्तकले जीवन जिउने कला सिकाउँछ । धेरै जनाको सिफारिसमा मैले यो पुस्तक पढेको थिएँ । पुस्तक पढिसकेपछि मलाई एकदमै राम्रो पुस्तक पढेछु भन्ने अनुभूति भएको थियो ।

उत्कृष्ट अभिनयले सबैको मन जित्न सफल कलाकारले आफ्नो वास्तविक जीवनमा भोगेका विभिन्न उतार चढावको कुरा चिना हराएको मान्छेमा पाइन्छ । मान्छेको जीवनमा आइपर्ने उतार चढावलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यो पुस्तकबाट लिन सकिन्छ ।

समर लभ
मैले पढेको पुस्तकहरूमध्ये समर लभ पनि असाध्यै मन परेको पुस्तक हो । यस पुस्तका एउटा छुट्टै प्रेमकथा समेटिएको छ । युवा पुस्ताहरूले धेरै मन पराएको पुस्तक पनि हो समर लभ । साधारण प्रेम कथामा आधारित यस पुस्तकमा भाषा पनि निकै सरल प्रयोग भएको छ । कथामा प्रस्तुत भएका पात्रहरू पनि असाध्यै प्रिय लाग्छन् । यस पुस्तकाको केही हरफहरूले मेरो मन छोएको थियो ।

मुनामदन
महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय पुस्तक मुनामदन पनि एकदमै राम्रो छ । युवा अवस्था हुँदा पढेको पुस्तक भएर होला यो पुस्तक पनि मलाई मन पर्छ । एकदमै सरल भाषा प्रयोग भएको छ । महाकवि देवकोटाले यस पुस्तकमा समेट्नुभएको विषयवस्तु हाम्रो समाजसँग मिल्छ । नेपालीहरूको भावनालाई यस पुस्तकमा समावेश गरिएको छ । यस पुस्तकको प्रेम कथा पनि एकदमै राम्रो छ ।

छुटाउनु भयो की
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested