English

ज्याकलिनको १० करोड जफत !




अभिनेत्री ज्याकलिन फर्नान्डिज पुनः चर्चामा आएकी छन् । भारतमा ठग भनेर चिनिएका सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका कारण अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ ।

सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो । सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले अब इडीले ज्याकलिनबाट करिब १० करोड बराबरको सम्पति जफत गर्ने तयारी गरिरहेको छ ।

ज्याकलिनले डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा सुकेशबाट करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् । सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए । सुकेशले अर्की अभिनेत्री नोरा फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएका थिए । जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ ।

डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन् । उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन् ।

इडीका अनुसार ज्याकलिनकी बहिनीले समेत सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन् । यसबाहेक १५ लाख रुपैयाँ उनको भाइको एकाउण्टमा सारिएको छ । नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested