English

तीन अभिभावक प्रविधिको साथ जन्मिएको संसारको पहिलो बच्चा



बेलायतमा दुई आमाको अण्डा र बाबुको शुक्रकीटबाट तीन अभिभावकको डिजाइनर बच्चाको जन्म भएको छ । बाँझोपनका लागि कृत्रिम गर्भाधान आइभिएफ पछि चिकित्सा जगतमा यो सबैभन्दा ठुलो कदम भएको चिकित्सकहरू बताउँछन् । नवजात शिशुमा वंशाणुगत रोगहरू हटाउन, डाक्टरहरूले आमाको अण्डाको केन्द्रकबाट बिरामी माइटोकोन्ड्रिया हटाउँछन्।

डोनर आमाको अण्डा खाली गरेपछि, स्वस्थ माइटोकोन्ड्रिया बुबाको शुक्राणुसँग निषेचित हुन्छ। यसले आमाबाट नवजात शिशुमा वंशाणुगत रोग सर्ने सम्भावनालाई हटाउँछ। डाक्टरहरूले माइटोकोन्ड्रिया दानबाट जन्मेको नवजात शिशुलाई तीन आमाबाबुको बच्चा भन्छन्। आमाको गर्भमा रहेको निषेचित अण्डामा बच्चाको मौलिक अभिभावकको डिएनए हुन्छ। यस अवस्थामा, बच्चामा आमाबाबुको मौलिक गुण जीवित रहन्छ । 

माइटोकोन्ड्रियाबाट आमाको रोगको जिन मात्र हटाइन्छ। यो सम्पूर्ण प्रक्रिया भ्रूण विकासको प्रारम्भिक चरणमा गरिन्छ। बेलायतमा डिजाइनर बेबीको जन्म भएपछि यो बहस पनि सुरु भएको छ । यसका आलोचकहरूले यो प्रकृतिसँग खेलबाड भएको बताएका छन् । डा डेभिड क्लेन्सी भन्छन्, कतिपय अभिभावकले पनि आफ्नो अनुसार नवजात शिशुको अनुहार, छाला र लिङ्ग परिवर्तन गर्न सक्छन् ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले