English

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?



जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्याहरू देखिन थाल्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुँदा छाला फुस्रो, सुख्खा, खस्रो हुने र फाट्ने जस्ता समस्या धेरैलाई हुन्छ । जाडो मौसममा बाहिरको र शरीर भित्रको तापक्रमको सन्तुलन नमिल्दा पनि त्यस्को प्रभाव छालामा देखिने गर्छ । जाडो मौसममा छालामा कस्ता–कस्ता समस्याहरू देखिन्छन् र त्यस्ता समस्याहरू बाट बच्न के–के कुरामा ध्यान दिने भन्ने विषयमा यौन तथा छालारोग विशेषज्ञ प्रा.डा. अनुपमा कार्कीको सुझाव यस्तो छ :

जाडोमा छालामा देखिने समस्याहरू

सुख्खापन
जाडोयाममा हावा चिसो, रुखो र हावाको सापेक्षिक आद्रता पनि घट्छ । जसले छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यस कारण हात, खुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ ।

सोरियासिस (कत्ले रोग)
जाडो समयमा देखिने अर्को समस्या हो सोरियासिस । जाडोको बेला छालाहरू अरुबेला भन्दा बढी सुख्खा हुने भएकाले गर्दा यो झन् बढ्न सक्छ । सामान्यतया मान्छेमा यो समस्या छ भने गर्मीमा भन्दा जाडो भएपछि कत्लाहरू जस्तो भएर फुस्रो हुने र चिलाउने समस्याहरू देखिन्छ ।

घामबाट हुने एलर्जी
जाडोयाममा हामी सबैलाई घाम प्यारो हुन्छ । सिधै घाममा बस्दा हामीलाई घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ । यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नु पर्छ ।

चाँया
जाडो याममा चायाको रोगले पनि सताउँछ । चिसोले गर्दा राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ अनि यो रोग लाग्छ । कपालमा चाँया पर्ने समस्या पनि जाडो याममा बढी देखिन्छ ।

लुतो
चिसो मौसममा मानिस प्राय कम नुहाउने, छालाको सरसफाईमा ध्यान नदिने, लामो समय सम्म एउटै कपडा लगाउने गर्छन् जसले गर्दा शरीरमा लुतो आउने समस्या हुन्छ ।

कसरी गर्ने हेरचाह ?
– छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।

– साबुनको प्रयोग कम गर्ने । मोस्चराइजिङ साबुन तथा फेसवास प्रयोग गर्ने ।

– प्रशस्त मात्रामा पानी पिउने

– स्वस्थ र सन्तुलित खानेकुरा सेवन गर्ने

– घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने ।

– बढी तातो पानीले ननुहाउने ।

– शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।

– केही समस्या देखा परे छाला रोग विशेषज्ञसँग परामर्श लिई उपचार गर्ने ।

यो पनि…
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested