English

सुगारिका केसीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



पूर्व मिस नेपाल तथा संचारकर्मी सुगारीका केसी पुस्तक प्रेमी हुन् । फर्सदको समयमा उनलाई पुस्तक पढ्न असाध्यै मनपर्छ । लकडाउनको बेलामा थुप्रै राम्रा राम्रा पुस्तकहरु पढेको उनी सुनाउँछिन् । जति काममा व्यस्त भए पनि हप्तामा एक दिन केही समय भने उनी पुस्तक पढ्नको लागि छुट्याउने गर्छिन् । उनको सिफारिसमा पढ्नै पर्ने ३ पुस्तक यस प्रकार छन् ः

नथिया
सरस्वती प्रतिक्षाद्वारा लिखित नथिया पुस्तक मैले लकडाउनको समयमा पढेको पुस्तक हो । मैले पढेका पुस्तकहरु मध्ये यो पुस्तक एकदमै मन परेको थियो । यो पुस्तकमा प्रयोग भएका शब्दहरु एकदमै सरल छन् । नेपाली समाजमा महिलाको भोगाई उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण लगाएतका सबै कुरा समेटिएको छ । विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास ‘नथिया’ पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको राम्रो कृति हो । त्यसैले यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

इन्दिरा गान्धी बायोग्राफी
पुपुल जयकरद्वारा लिखित पुस्तक इन्दिरा गान्धी बायोग्राफी पनि मैले पढेका पुस्तकहरु मध्ये एकदमै मन परेको पुस्तक हो । यो पुस्तकमा एउटा महिलाले कति संर्घष गर्नु पर्छ भन्ने कुरा समेटिएको छ । र, देशको पहिलो महिला प्रधानमन्त्री हुनको लागि गान्धीले गर्नु भएको संर्घष एकदमै राम्ररी लेखिएको छ । यस पुस्तकमा पुपुल जयकरले गान्धी भित्र लुकेका धेरै व्यक्तित्वहरू उजागर गरेका छन् ।

हट, फ्ल्याट एण्ड क्राउडेड
हट, फ्ल्याट एण्ड क्राउडेड थोमस एल फ्राइडन्यानद्वारा लिखित पुस्तक हो । यो पुस्तक पनि असाध्यै राम्रो छ । फ्रिडम्यानले कसरी ग्लोबल वार्मिङ द्रुत रूपमा बढ्दो छ ? हामीले के के गल्तिहरु गरि रहेका छौँ ? जस्ले गर्दा वतावरण प्रदुषण बढेको छ भन्ने कुरा औंलाएका छन् । त्यसको साथै विश्वलाई कसरी जोगाउन सकिन्छ भन्ने कुराहरु पुस्तकमा समेटिएको छ । त्यसैले यो पुस्तक सबै युवाहरुले एक पटक पढ्नु पर्छ ।

छुटाउनु भयो की
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested