English

के हो हेमोफिलिया ? कसरी बच्ने ?



हेमोफिलिया एक आनुवंशिक समस्या हो । यो रोग लागेमा शरीरमा रगत जम्न बन्द हुने गर्छ । विशेषगरी, जब शरीरको कुनै भागमा चोटपटक लाग्छ, तब रगत जम्नको लागि आवश्यक पर्ने जरुरी तत्व क्लटिङ फ्याक्टर मिलेर त्यस रगतलाई जमाउने र गाढा बनाउने काम गर्छ ।

जो व्यक्ति हेमोेफिलियाबाट ग्रसित हुन्छन् उनीहरूमा रगत जमाउने तत्वको कमी हुने गर्छ । रगत निरन्तर बग्ने गर्छ । जनचेतनाको अभावका कारण यसका विरामी उपचारको पहुँचमा आउन सकेका छैनन् । समयमा रोग पत्ता लागेर उपचार नपाउँदा केहीले यही रोगको कारण ज्यान समेत गुमाएका छन् । नेपालमा मात्र यो रोगका विरामी लगभग ५ हजार रहेका छन् । तर उपचारको पहुँचमा भने ९ सय जना मात्र आएका छन् ।

के हो हेमोफिलिया ?

हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ । यसले सामान्य चोटपटक लाग्दा धेरै रक्तस्राव हुन दिँदैन । रगत जमाउने सोे प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ । तर, हेमोफिलियायुक्त व्यक्तिमा भने क्लटिङ फ्याक्टर कम मात्रामा हुन्छ । यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव भइरहन्छ ।

रोग आमाबाट पुरुष सन्तानहरुमा सर्छ । फिमेल क्यारियर अर्थात महिला बाहक हुने र जन्मिएका पुरुषमा देखिने वंशाणुगत समस्या हो । तर म्युटेसनका एक तिहाई समस्या जो कोहीलाई पनि देखिन सक्छ ।

मानव रगतमा १३ प्रकारका प्रोटिन पाइन्छ । त्यसमध्ये रगतमा ८ र ९ औं तत्वको कमी हुँदा हेमोफिलियाको समस्या देखा पर्छ । क्रोमोजोमले रक्त तत्वमा पाइने प्रोटिन उत्पादनमा भूमिका खेल्न नसक्दा यो समस्या आउँछ ।

लक्षण

– शरीरमा नीलडाम देखिने
– चोटपटक लाग्दा रगत नरोकिने
– शरीरभित्र रक्तस्राव हुने
– दिसा पिसाबमा रगत जाने
– जोर्नी दुख्ने तथा सुन्निने
– मांशपेशीमा रक्तस्राव हुने
– गिजा दाँत र नाकबाट रगत बग्ने

उपचार

यो रोगको पूर्ण उपचार सम्भव छैन । तर केही विधिबाट लक्षण र यसबाट हुने हानी धेरै हदसम्म कम गर्न सकिन्छ । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ ।

हेमोफिलियाका बिरामीलाई क्लटिङ फ्याक्टर प्रतिस्थापन गरेर यसको उपचार गरिन्छ । इन्जेक्सनको प्रयोगद्वारा पनि रगतमा फाल्चाको निर्माण गर्न सकिन्छ । हेमोफिलियाको समस्या गम्भीर छैन भने औषधीको सेवनबाट पनि यो समस्या कम गर्न सकिन्छ ।

यस रोगको मुख्य दुई उपचार विधि छन् । एउटा सातामा दुई दिन वा तीन दिन क्लटिङ फ्याक्टर दिएर । अर्को उपचार पद्धति भनेको जुन बेलामा समस्या देखिन्छ त्यो बेलामा मात्र क्लटिङ फ्याक्टर दिएर रक्तस्राव बन्द गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested