English

नाडाको आसन्न निर्वाचनका लागि करण चौधरी प्यानलको घोषणा



नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको प्यानल घोषणा गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले आफ्नो प्यानल घोषणा गरेका हुन् । चौधरी हाल नाडाको उपाध्यक्ष हुन् ।

चौधरी प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव भएका व्यवसायीदेखि नयाँ पुस्ताका ब्यावसायी समेत समेटिएका छन् । चार पाङ्ग्रे, दुई पाङ्ग्रे,व्याट्री,लुब्रीकेन्ट,टायर,स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट लगायत सम्पूर्ण अटोक्षेत्रको प्रतिनिधित्व गर्ने सबै क्षेत्रलाई समेटर आफ्नो टिम बनेको चौधरीले बताए ।

आगामी निर्वाचनमा नाडाको हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ आफुलाई रहेको चौधरीको दाबी छ । ‘हामीले घोषणा गरेको प्यानल उद्योगीमुखी समुह हो, यसमा अटोमोबाइल्स क्षेत्रका अनुभवी व्यक्तिहरुको साथ र सहयोग छ,’ चौधरीले भने, ‘हाम्रो समुहले आफ्नो कम्पनीको नाफाघाटाभन्दा पनि सम्पूर्ण अटो उद्योगको हितमा काम गर्ने छ ।’

प्यानलमा अनुभव र जोशको उत्तम समिश्रण रहेको बताउँदै चौधरीले अनुकुलता र प्रतिकुलता दुवैमा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दे अघि बढ्न सक्ने सक्षम टिम आफ्नो प्यानलमा रहेको चौधरीको भनाइ थियो ।

उक्त कार्यक्रममा बताइए अनुसार,चौधरीको प्यानलबाट सुनिल रिजाल,अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती(सुरेश), विक्रम सिंघानिया,राजनबाबु श्रेष्ठ,अभिक ज्योति,मिलनबाबु मल्ल,निलमणी पाठक(राम),पंकज अग्रवाल,राजेन्द्र अग्रवाल,वर्ण न्यौपाने,सुनिल रिजाल,वरदान बस्नेत,निशान ढकाल,प्रकाश कपुरी,देवराज भण्डारी,गोपाल भट्टराई र गंगाराज भट्टराईले विभिन्न पदमा उम्मेदवारी दिने छन् ।

मंसिर २२ र २३ मा हुने भनिएको नाडाको ४५ औं बार्षिक साधारणसभा मार्फत् नयाँ कार्यसमिति चयन हुँदैछ ।

यो पनि पढ्नुहोस् :
नाडाद्वारा ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested