English

सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला

स्टल बुकिङका लागि नाडाको आह्वान


कोरोना महामारीले थला पारेको अटो व्यवसायमा केही चहलपहल सुरु भएको छ । करिव २ वर्षयता सुनसान प्रायः रहेको यो क्षेत्रका व्यवसायी, नयाँ ब्राण्ड, नविन सोच र उर्जा लिएर आउने भएका छन् ।

सामान्य अवस्थामा हरेक वर्ष दसैं तिहार अघि भृकुटीमण्डपको परिसरमा अटाे शाे अर्थात गाडीकाे कुम्भमेला लाग्थ्यो । त्यो मेलामा कोही नयाँ ब्राण्ड अर्थात् मोडलका गाडी अवलोकनका लागि पुग्थे भने कोही खरिद गर्न । तर, कोरोनाले गर्दा रोकिएको यो मेलाका कारण गाडीका सौखिनहरु न्यास्रिएका छन् ।

त्यही न्यास्रो मेटाउने उद्धेश्यले यो पालि भृकुटीमण्डप ‘न्यु ब्राण्ड’का गाडी सजिने भएको छ । जसको चहलपहल सुरु भइसकेको छ । त्यही कुम्भमेलाका लागि नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल बुकिङ खुला गरेको छ ।

फागुन ९ देखि १४ गतेसम्म हुने यो शोमा सहभागि हुन चाहने अटोमोबाइल सम्बद्ध कम्पनीहरुलाई मंसिर २ गतेदेखि ६ गतेसम्म नाम दर्ता गराउन नाडाले आह्वान गरिसकेको छ । दर्तापछि गोलाप्रथाद्धारा स्टलको बाडफाँड गरिने नाडाले जनाएको छ ।

यो अटो शोलाई गाडीको किनबेचमात्र नभएर यसका पार्ट पूर्जा, लुब्रिकेन्ट्स, बैंक तथा वित्तिय संस्था र अन्य अटोमोबाइल सम्बद्ध कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाका बारे जानकारी प्रदान गर्ने उपयुक्त अवसरको रुपमा लिने गरिएकाे छ ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

Popular
Suggested