English

सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला

स्टल बुकिङका लागि नाडाको आह्वान


कोरोना महामारीले थला पारेको अटो व्यवसायमा केही चहलपहल सुरु भएको छ । करिव २ वर्षयता सुनसान प्रायः रहेको यो क्षेत्रका व्यवसायी, नयाँ ब्राण्ड, नविन सोच र उर्जा लिएर आउने भएका छन् ।

सामान्य अवस्थामा हरेक वर्ष दसैं तिहार अघि भृकुटीमण्डपको परिसरमा अटाे शाे अर्थात गाडीकाे कुम्भमेला लाग्थ्यो । त्यो मेलामा कोही नयाँ ब्राण्ड अर्थात् मोडलका गाडी अवलोकनका लागि पुग्थे भने कोही खरिद गर्न । तर, कोरोनाले गर्दा रोकिएको यो मेलाका कारण गाडीका सौखिनहरु न्यास्रिएका छन् ।

त्यही न्यास्रो मेटाउने उद्धेश्यले यो पालि भृकुटीमण्डप ‘न्यु ब्राण्ड’का गाडी सजिने भएको छ । जसको चहलपहल सुरु भइसकेको छ । त्यही कुम्भमेलाका लागि नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल बुकिङ खुला गरेको छ ।

फागुन ९ देखि १४ गतेसम्म हुने यो शोमा सहभागि हुन चाहने अटोमोबाइल सम्बद्ध कम्पनीहरुलाई मंसिर २ गतेदेखि ६ गतेसम्म नाम दर्ता गराउन नाडाले आह्वान गरिसकेको छ । दर्तापछि गोलाप्रथाद्धारा स्टलको बाडफाँड गरिने नाडाले जनाएको छ ।

यो अटो शोलाई गाडीको किनबेचमात्र नभएर यसका पार्ट पूर्जा, लुब्रिकेन्ट्स, बैंक तथा वित्तिय संस्था र अन्य अटोमोबाइल सम्बद्ध कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाका बारे जानकारी प्रदान गर्ने उपयुक्त अवसरको रुपमा लिने गरिएकाे छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested