English

बालबालिकाको स्मरणशक्ति बढाउन यी खानेकुराहरु खुवाउनुहोस्



प्रतिक निरौला
पोषणविद

शिशु र बालबालिकाको उमेर, विकासात्मक अवस्था र क्षमता अनुसार उनीहरुको खानपानमा पनि विशेष ध्यान दिनु पर्छ । शिशु आमाको गर्भमा हुँदा आमाको भोजनबाट नै उसलाई चाहीने पोषण प्राप्त गर्छ । तर बच्चा जन्मिइसकेपछि ५ वर्ष सम्म बालबालिकाको खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । शिशुको पाचन प्रणाली कमजोर हुने भएकोले सजिलै पचाउन सकिने खानेकुरा खुवाउनु पर्छ । उमेर बढ्दै जाँदा बच्चाको पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले उनीहरुको उमेरअनुसार खानेकुराको मात्रा र खानाको परिकार बढाउँदै लानु पर्छ । त्यसैले ५ वर्ष सम्मको बालबालिकाको आहारमा यी कुराहरु समावेस गर्न सकिन्छ :

– बच्चा जन्मेपछि ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउनुपर्छ । शिशुले आवश्यक पोषण आमाको दूधबाट नै प्राप्त गर्छन् ।
– ६ महिनापछि बच्चालाई आमाको दूधबाहेक लिटो, जावला तथा पुरक खानाहरु खुवाउन थाल्नु पर्छ ।
– ६ महिना देखि २ वर्ष सम्मका बालबालिकालाई आमाको दूधसँगै लिटो वा पोषिलो जाउलो बनाएर खुवाउनुपर्छ । जाउलोलाई थप पोषिलो बनाउन हरियो सागपात (जस्तै रायो, लट्टे, सलगम, पालुंगो) गाजर एक देखि दुइ चिया चम्चा मसिनो टुक्रा पारिएको मासु वा कलेजो राखेर पकाउन सकिन्छ ।
– दुई वर्ष पछि बालबालिकाको पाचन प्रणाली पनि विकास हुँदै जाने भएकोले अन्न तथा कन्दमुल,गेडागुडी तथा दाल, सागपात तथा फलफूल, दुध,अण्डा, माछा, मासु आदि पनि खानामा समेटिनु पर्छ ।
मस्तिष्क विकास तथा स्मरण शक्ति बढाउने खानाहरु
– अण्डामा प्रोटिन, भिटामिन तथा खनिज तत्व लगायतका थुप्रै पौष्टिक तत्व पाइन्छ जसले बालबालिकाको शारीरीक मात्र नभई मस्तिष्क विकास गर्न मद्घत गर्छ ।
– त्यसैले ६ महिनापछि बालबालिकाको खानामा दैनिक अण्डा पनि समावेस गर्नु पर्छ ।
– फलपूmलमा शरिरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ पाइने हुनाले बालबालिकाको खानामा दैनिक रुपमा मौसम अनुसारको फलपूmल समावेस गर्नुपर्छ ।
– ड्राई फ्रुटहरुको सेवनले पनि बालबालिकाको स्मरण शक्ति बढाउँछ । त्यसैले लिटोमा ओखर,बदाम जस्ता ड्राई फ्रुटहरु मिसाएर दिन सकिन्छ ।
– दैनिक दूध सेवनले बालबालिकालाई शारीरीक रुपमा तन्दुरुस्त बनाउनुको साथै मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,