English

बालबालिकाको स्मरणशक्ति बढाउन यी खानेकुराहरु खुवाउनुहोस्



प्रतिक निरौला
पोषणविद

शिशु र बालबालिकाको उमेर, विकासात्मक अवस्था र क्षमता अनुसार उनीहरुको खानपानमा पनि विशेष ध्यान दिनु पर्छ । शिशु आमाको गर्भमा हुँदा आमाको भोजनबाट नै उसलाई चाहीने पोषण प्राप्त गर्छ । तर बच्चा जन्मिइसकेपछि ५ वर्ष सम्म बालबालिकाको खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । शिशुको पाचन प्रणाली कमजोर हुने भएकोले सजिलै पचाउन सकिने खानेकुरा खुवाउनु पर्छ । उमेर बढ्दै जाँदा बच्चाको पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले उनीहरुको उमेरअनुसार खानेकुराको मात्रा र खानाको परिकार बढाउँदै लानु पर्छ । त्यसैले ५ वर्ष सम्मको बालबालिकाको आहारमा यी कुराहरु समावेस गर्न सकिन्छ :

– बच्चा जन्मेपछि ६ महिनासम्म पूर्ण रुपमा स्तनपान मात्र गराउनुपर्छ । शिशुले आवश्यक पोषण आमाको दूधबाट नै प्राप्त गर्छन् ।
– ६ महिनापछि बच्चालाई आमाको दूधबाहेक लिटो, जावला तथा पुरक खानाहरु खुवाउन थाल्नु पर्छ ।
– ६ महिना देखि २ वर्ष सम्मका बालबालिकालाई आमाको दूधसँगै लिटो वा पोषिलो जाउलो बनाएर खुवाउनुपर्छ । जाउलोलाई थप पोषिलो बनाउन हरियो सागपात (जस्तै रायो, लट्टे, सलगम, पालुंगो) गाजर एक देखि दुइ चिया चम्चा मसिनो टुक्रा पारिएको मासु वा कलेजो राखेर पकाउन सकिन्छ ।
– दुई वर्ष पछि बालबालिकाको पाचन प्रणाली पनि विकास हुँदै जाने भएकोले अन्न तथा कन्दमुल,गेडागुडी तथा दाल, सागपात तथा फलफूल, दुध,अण्डा, माछा, मासु आदि पनि खानामा समेटिनु पर्छ ।
मस्तिष्क विकास तथा स्मरण शक्ति बढाउने खानाहरु
– अण्डामा प्रोटिन, भिटामिन तथा खनिज तत्व लगायतका थुप्रै पौष्टिक तत्व पाइन्छ जसले बालबालिकाको शारीरीक मात्र नभई मस्तिष्क विकास गर्न मद्घत गर्छ ।
– त्यसैले ६ महिनापछि बालबालिकाको खानामा दैनिक अण्डा पनि समावेस गर्नु पर्छ ।
– फलपूmलमा शरिरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ पाइने हुनाले बालबालिकाको खानामा दैनिक रुपमा मौसम अनुसारको फलपूmल समावेस गर्नुपर्छ ।
– ड्राई फ्रुटहरुको सेवनले पनि बालबालिकाको स्मरण शक्ति बढाउँछ । त्यसैले लिटोमा ओखर,बदाम जस्ता ड्राई फ्रुटहरु मिसाएर दिन सकिन्छ ।
– दैनिक दूध सेवनले बालबालिकालाई शारीरीक रुपमा तन्दुरुस्त बनाउनुको साथै मस्तिष्कलाई पनि स्वस्थ राख्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested