English

साक्षर नारीनै हिंसामा, निरक्षरको त गणनै छैन




उदयपुरकी सिता (नाम परिर्वतन) लाई चिनेजानेकाले सामुहिक बलात्कार गरे । ४ छोराछोरीकी आमा समेत रहेकी सिता असार १५ को राति १० बजे आफन्तकहाँबाट फर्किदा बलत्कृत हुन पुगिन् । सितासँगैका साथीलाई डर त्रास देखाएर उनलाई जंगल लगियो ।

३ जनाले सितालाई पटक–पटक करणी गरे । महिनावारी भएकी सिता बेहोस भइन् । उनी बिहानको ४ बजे बिउँझिइन् । सिताको शरीर कामेको थियो, तल्लो पेट दुख्ने र रगत बग्ने दुख्खले उनलाई एकसाथ मर्माहत गरिरहेको थियो ।

जसो तसो घर पुगेकी सिता घटनाबारे कसैलाई भन्न सकिनन् । रगत बग्न कम नभएपछि उनी अस्पताल पुगिन् । तर सितालाई निको भएन । त्यसपछि सिताले आफूमाथि भएको घटनाबारे आमालाई सुनाइन् । छोरीमाथि भएको उक्त दानविय घटनाले आमा स्तब्ध हुनु स्वभाविक थियो । तत्काल आमाको प्रतिक्रिया थियो, ‘पुलिसमा उजुरी दिने ।’

प्रहरीले पनि आरोपितलाई नियन्त्रणमा लियो । तर उजुरी दिएको थाहा पाएपछि गाउँघरमै मिलाउन दबाब आयो । असार २६ मा सिताको मेडिकल टेष्ट गरियो । उनले मनोपरामर्श पनि पाइन । अहिले ओरेक नेपालको पहलमा उक्त मुद्दा कानुनी प्रक्रियामा पुगेको छ ।

लुभराज न्यौपान
कार्यकारी निर्देशक, ओरेक नेपाल

हाम्रो अध्ययनले ७५ प्रतिशत साक्षर महिलामाथि नै हिंसा भएको देखाउँछ, यो सबै भन्दा बढी हो

कैलालीकी २७ वर्षीय अम्बिका (नाम परिवर्तन) लाई ६५ वर्षीय श्रीमानले पटक–पटक करणी गरे । अम्बिकाको इच्छा विपरित एकै रातमा ९/१० पटकसम्म शारीरीक सम्बन्ध राख्न बाध्य बनाइयो । अम्बिकाले सानै उमेरमा भागेर विवाह गरेकी थिइन् । १/२ वर्षमा नै बच्चा पनि जन्मियो । बच्चा जन्मिसकेपछि श्रीमानसँगको सम्बन्ध बिग्रियो । अम्बिकाको श्रीमानले अर्को विवाह गरेर सम्पर्क विहीन भए ।

२ वर्षको बच्चाबाहेक उनको आफ्नो कोही थिएन । यही बेला अम्बिकाको एक ६५ वर्षिय पुरुषसँग भेट भयो । उनले आफ्नो श्रीमती बितिसकेको भन्दै आफूसँग विवाह गर्न प्रस्ताव गरे । दुख्खले थिच्चिएकी अम्बिकाले सुख पाउने आशले र बच्चाको भविष्य सम्झिएर आफुभन्दा ३८ बर्ष पाका पुरुषसँग विवाह गर्न राजी भइन् ।

विवाह पश्चात अम्बिकाले कुनै सुख, सुविधा पाइनन् । यौन प्यास मेटाउनका लागि मात्र विवाह भएको थाहा पाइन् । शारिरीक सम्बन्धका लागि अस्विकार गर्दा पटक पटक कुटाई पनि खाइन् । अनेक किसिमका मानसिक र शारिरिक पिडा पनि खेपिन् । अम्बिकालाई यही जेठमा ओरेक नेपालले उद्धार गर्यो । हाल उनी सुरक्षित छिन् । र उनका श्रीमानलाई हिरासतमा राखेर आवश्यक कानुनी उपचार गरिदै छ ।

कैलालीकै २३ वर्षीय रिता (नाम परिर्वतन) ३ वर्षदेखि श्रीमानसँग सम्पर्क बिहिन छिन् । ४ वर्ष अगाडी उनका श्रीमानले दोस्रो विवाह गरे तर सासु ससुराले बहुविवाहको मुद्धा हाल्न दिएनन् । दुई छोराछोरीकी आमा ४ वर्षदेखि सासु ससुराको दबाबमा आफूले पाउने सम्पतिको हक र अधिकारबाट बन्चित रहेको भजनी नगरपालिकाकी कार्यपालिका सदस्य कमला ज्ञवाली बताउँछिन् ।

कमला ज्ञवाली
कार्यपालिका सदस्य ,भजनी नगरपालिका

सामाजिक संरचना र कानुनी प्रक्रियाका कारणले पिडामा रहेका महिलाहरु खुल्ना चहादैनन्, यसले गर्दा पीडा माथि पीडा कतिपयले भोगिरहेका छन्


यी तीन घटना त प्रतिनिधीमूलक मात्र हून् । समाजमा जति जनचेतना फैलाए पनि महिलामाथि हुने हिंसामा कमी हुन सकेको छैन । समाजमा यस्ता महिला हिंसा दैनिकजसो घटिरहेका छन् । कति बाहिर आउँछन् भने कति गुमनाम छन् ।

सबै भन्दा बढी १७ देखि २५ वर्ष उमेर समुहका महिलाहरु हिंसामा परेको पुनस्र्थापना केन्द्र (ओरेक) का कार्यकारी निर्देशक लुभराज न्यौपान बताउँछन् । कार्यकारी निर्देशक न्यौपानेका अनुसार यस उमेरका समुहका ३४ प्रतिशत महिला हिंसामा परेका छन् । यसैगरी २५ देखि ३५ वर्षका ३३ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेर समुहका २५ प्रतिशत, १२ वर्ष भन्दा कम उमेर समुहका १२ प्रतिशत, ४६ देखि ५५ वर्ष उमेर समुहका ५ प्रतिशत र ५६ देखि बढी उमेर समुहका महिलामा २ प्रतिशत कुनै न कुनै प्रकारको हिंसा भएको पाइएको छ ।

आफ्नैबाट असुरक्षित

शताब्दीऔंदेखि महिलाले खेप्दै आएको हिंसा अझै पनि निर्मूल हुन सकेको छैन् । चाहे त्यो घरायसी होस् या अन्यबाट । ओरेकले गरेको अध्ययनको तथ्यांक अनुसार यस वर्ष ६३ प्रतिशत अर्थात सबैभन्दा बढी महिला माथि घरेलु हिंसा भएको उल्लेख छ । त्यसपछि १५ प्रतिशत महिला माथि सामाजिक हिंसा भएको पाइएको छ । यसैगरी ११ प्रतिशत बलात्कारको घटना भएको छ । ४ प्रतिशत यौन हिंसा, ०.८ प्रतिशत हत्या, १ प्रतिशत बेचविखन , ०.७ प्रतिशत आत्महत्या, ०.२ प्रतिशत आत्महत्याको प्रयास र १ प्रतिशत साइबर अपराधको हिंसामा महिलाहरु परेको उल्लेख छ ।

कृष्ण कुमारी पौडेल खतिवडा
सदस्य,राष्ट्रिय महिला आयोग

घरबाटै हामीले छोराछोरीलाई लैंगिक समानताको व्यवहार सिकाउनुपर्छ, छोरीलाई छोरा भनेर बोलाए जस्तै छोरालाई पनि छोरी भनेर बोलाउने वातावरणको सिर्जना गर्नुपर्छ

राष्ट्रिय महिला आयोगले जनाए अनुसार,मानासिक यातना, कुटपिट, चरित्र हत्या, आर्थिक यातना, विवाहदर्ता बनाउन चाहिने आवश्यक कागजात सम्बन्धी समस्या, सुरक्षा मुद्दा, सम्पत्ती हस्तान्तरण गर्दा चाहिने आवश्यक कागजात सम्बन्धी गुनासाहरु आयोगमा आएका छन् ।

आयोगमा यौन दुब्र्यबहार, बलात्कार, जन्मदर्ता बनाउन चाहिने आवश्यक कागजात सम्बन्धी समस्या, नागरिकता बनाउन चाहिने आवश्यक कागजात सम्बन्धी समस्या, बाल सुरक्षाको मुद्दा,बहुविवाह, साइबर क्राइम, बलात्कारको प्रयास ,वैबाहिक बलात्कार, दाइजो प्रथाले हुने, जबर्जस्ती गर्भपतन, बालविवाह लगायत उजुरी पनि उत्तिकै परेका छन् । आयोगमा सबै भन्दा बढी १ हजार २ सय २३ वटा मानासिक यातनाको उजुरी परेको छ ।

यस्ता घटनालाई न्युनिकरण गर्नका लागि आयोग मंसिर ९ बाट देशभर ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान गरि रहेको छ ।

तर पनि घटेन हिंसा

२१ औ शताब्दीमा पनि महिला हिंसामा कमि हुन नसक्नु परम्परागत पितृसत्तात्मक सोच मुख्य कारक रहेको जानकारहरुको अनुभव छ ।
सरकारले महिलाका हक, हित र अधिकारका लागि विभिन्न ऐन कानुन ल्यायो, तर अझै पनि महिला हिंसामा कमि नआएको न्यौपाने बताउँछन् । ‘हाम्रो अध्ययनले ७५ प्रतिशत साक्षर महिलामाथि नै हिंसा भएको देखाउँछ, यो सबै भन्दा बढी हो,’ न्यौपानेले भने, ‘ शिक्षित महिलामा अन्याय बिरुद्ध बोल्नुपर्छ भन्ने चेतनाको विकास हुदै गएको र उनीहरुले आफूमाथि भएको हिंसा विरुद्ध अवाज उठाएको बुझिन्छ तर यस्ता हिंसा अशिक्षित महिलामा बढी नै हुनसक्छ, जुन बाहिर आउन सकेको छैन ।’

महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने, शिक्षाको पहुँचमा कमि, आर्थिक दृष्टिले कमजोेर हुनु, कानुनको फितलो कार्यान्वयन, राजनीतिक हस्तक्षेप जस्ता कारणले महिला हिंसामा कमि नआएको दलित महिला केन्द्र नेपालकी अध्यक्ष गौरा नेपाली बताउँछिन् । ‘पितृसत्तात्मक सोच समाजमा कायमै छ, महिलालाई शिक्षित मात्र बनाएर हुँदैन, सोच नै बदल्न जरुरी छ,’ नेपालीले भनिन् ।

गौरा नेपाली
अध्यक्ष, दलित महिला केन्द्र नेपाल

पितृसत्तात्मक सोच समाजमा कायमै छ, महिलालाई शिक्षित मात्र बनाएर हुँदैन, सोच नै बदल्न जरुरी छ

महिला हिंसाका पीडीतहरुले न्यायका लागि सजिलो बाटो खोज्छन् तर कानुनी प्रक्रिया झन्जटिलो रहेको कारणले महिला हिंसामा कमि आउन नसकेको ज्ञवाली बताउँछिन् । ‘सामाजिक संरचना र कानुनी प्रक्रियाका कारणले पिडामा रहेका महिलाहरु खुल्ना चहादैनन्, यसले गर्दा पीडा माथि पीडा कतिपयले भोगिरहेका छन्,’ भजनी नगरपालिकाकी कार्यपालिका सदस्य ज्ञवालीले भनिन् ।

महिलालाई कानूनीरुपमा पुरुष सरह समान अधिकार दिए पनि व्यवहारमा अझै लागू हुन नसकेकाले पनि महिला हिंसामा कमि नआएको प्रतिनिधि सभा सदस्य शान्ता चौधरी बताउँछिन् ।

पितृसत्तात्मक सोच, लैगिङ्ग हिंसामा एकबद्धता नहुनु, बालविवाह, भागी विवाह, सामाजिक संरचना, वैदेशिक रोजगार, परम्परागत रुढीबाढीका कारणले महिला हिंसामा कमि आउन नसकेको महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले जनाइन् ।

अबको बाटो

नेपाली समाजको परम्परागत पितृसत्तात्मक सोचलाई परिवर्तन गर्न सबैले जोड दिनु पर्ने जानकारहरुको भनाई छ । कानून कार्यान्वयन गर्नु पर्ने, महिला हिंसालाई राजनीतिकरण गर्न नहुने र स्थानीय निकायमा भएका कुरितीलाई अन्त्य गर्न योजना बनाउनु पर्ने आवश्यक रहेको दलित महिला केन्द्र नेपालकी नेपाल बताउँछिन् ।

महिलाका हक हितका लागि बनेका कानून व्यवहारमा लागू गर्नु पर्ने न्यौपानेको भनाई छ । ‘हानिकारक सामाजिक अभ्यासको अन्त्यले महिला हिंसा कम हुन्छ, जसका लागि स्थानिय तहले शिक्षा, परामर्श , धर्म गुरूलगायतलाई जनचेतना मुलक कार्यक्रममा सहभागी गराउनु आवश्यक छ,’ ओरेकका न्यौपानेले भने,‘साथै स्थानिय तहमा निगरानी गर्ने संजाल तयार गर्न पनि उत्तिकै आवश्यक छ ।’

शान्ता चौधरी
सदस्य, प्रतिनिधि सभा

महिला मात्र सचेत नभई पुरुष पनि सचेत भएमा हिंसामा स्वभाविक रुपमा कमि ल्याउन सकिन्छ ।


‘महिला सक्षम र सचेत पनि छन् तर हामीले पुरुषको चेतना स्तर बढाउन जरुरी छ,’ प्रतिनिधि सभा सदस्य चौधरी भन्छिन्, ‘महिला मात्र सचेत नभई पुरुष पनि सचेत भएमा हिंसामा स्वभाविक रुपमा कमि ल्याउन सकिन्छ ।’

पितृसत्तात्मक सोचलाई बदल्नु पर्ने आयोगकी सदस्य खतिवडाको भनाई छ । ‘घरबाटै हामीले छोराछोरीलाई लैंगिक समानताको व्यवहार सिकाउनुपर्छ, छोरीलाई छोरा भनेर बोलाए जस्तै छोरालाई पनि छोरी भनेर बोलाउने वातावरणको सिर्जना गर्नुपर्छ,’ उनले भनिन्, ‘घरको मुख्य जिम्मेवारी पुरुषले मात्र निवार्ह नगरी महिलाले पनि लिनु पर्छ ।’

यो पनि…
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार