English

लाइसेन्सको नयाँ निर्देशिका बन्यो, तर लागू भएन ! आखिर किन ?

सवारी चालक अनुमति पत्रको नयाँ निर्देशिका अर्थात ७० अंक ल्याएर ट्रायल पास हुने नियम जेठबाटै लागू गर्ने भनिएपनि भएको छैन ।यातायात व्यवस्था विभागले उक्त निर्देशिका गत जेठ १ गतेबाट लागू हुने भनिए तापनि यातायात कार्यालयहरुले लागू गरेका छैनन् ।

विभागले निर्देशिक लागू गर्न निर्देशन गरे पनि कार्यालयहरुले लागू नगरेको विभागका प्रवक्ता डा. लोकनाथ भुसाल बताउँछन् । ‘विभागले कार्यविधि बनाउने हो, तर यातायातका कार्यालयहरुले लागू गरेका छैनन्,’ भुसालले भने, ‘नयाँ निर्देशिका प्रविधिमैत्री रहेकाले कार्यन्वयनका लागि केही समय लाग्ने बताएका छन् । हामीले मंसिर १६ सम्म लागू गर्नका लागि निर्देशन दिएका छौँ ।’

नयाँ निर्देशिका वैज्ञानिक, जनमैत्री र स्थलगत कार्य गर्नेहरुसँग सल्लाह सुझाव नलिई तयार गरिएकाले निर्देशिकामा नै प्रश्न चिन्ह उठ्ने थापा बताउँछन् । ‘निर्देशिकामा रातो बत्ती, साइड लाइट बल्दा वा नबल्दा पनि पास हुने जस्ता कुरा छन्, जुन ट्राफिक नियम विपरित हो,’ थापाले भने, ‘यस्ता गल्तीले कैयौँ अप्रिय घटना घटेका छन् ।’ नयाँ निर्देशिकाअनुसार चालक अनुमति पत्रको परीक्षाको टुङ्गो नरहेको थापाले जनाए ।

चालक अनुमतिपत्रको परीक्षा विभिन्न चरणमा हुन्छ । मंसिर १६ पछि नयाँ परीक्षा दिने अर्थात बायोमेट्रिक दिनेले ७० अंकको ट्रायल परीक्षामा दिन पाउने भुसालले जनाए । कोरोना महामारीको पहिलो लहरको संक्रमण नियन्त्रणका लागि देशव्यापीरुपमा भएको लकडाउनले लाइसेन्सको परीक्षा महिनौँ बन्द रह्यो । परीक्षा संचालन भएपछि ५–६ लाख परीक्षार्थीको भिडलाई व्यवस्थापन गर्न लागि विभागले नयाँ निर्देशिका जारी गरेको थियो ।

कार्यालयले किन लागू गरेनन् निर्देशिका ?

कोरोना महामारीको दोस्रो लहरका कारण लाइसेन्सको अनलाइन फारम, ट्रायल ५ महिना ठप्प रह्यो । एकैपटक अनलाइन फारम खुलाउँदा सर्भर डाउन हुने जस्ता समस्याले सेवाग्राहीलाई समस्यामा पार्यो । हालै खुलेको अनलाइन फारम भर्दा कार्यालय भिजिटको मिति करिव डेढ वर्ष पछि सरेको छ । यसले पनि सेवाग्राही मर्कामा छन् ।

यही भिडलाई व्यवास्थापनका लागि ल्याइएको नयाँ निर्देशिका सेवामैत्री नरहेकाले अझै परिमार्जन गर्नुपर्ने र विभागले आफू खुसी निर्देशिका ल्याएको भन्दै यातायात कार्यालयले लागू नगरेको यातायात कार्यालय, ठूलो भर्याङका प्रमुख सन्जय थापा बताउँछन् । ‘२०२२ सम्म पुरानो आवेदन दिएका सेवाग्राही हुनुहुन्छ, उहाँहरुको परीक्षा सकिएपछि नयाँ निर्देशिका सेवामैत्री भए लागू गरिने छ, नभए रद्ध हुन्छ,’ थापाले भने ।

नयाँ निर्देशिका वैज्ञानिक, जनमैत्री र स्थलगत कार्य गर्नेहरुसँग सल्लाह सुझाव नलिई तयार गरिएकाले निर्देशिकामा नै प्रश्न चिन्ह उठ्ने थापा बताउँछन् । ‘निर्देशिकामा रातो बत्ती, साइड लाइट बल्दा वा नबल्दा पनि पास हुने जस्ता कुरा छन्, जुन ट्राफिक नियम विपरित हो,’ थापाले भने, ‘यस्ता गल्तीले कैयौँ अप्रिय घटना घटेका छन् ।’ नयाँ निर्देशिकाअनुसार चालक अनुमति पत्रको परीक्षाको टुङ्गो नरहेको थापाले जनाए ।

नयाँ नियम लागू गर्नका लागि छलफल भइरहेको तर अझै टुङगो नलागेको जगाती कार्यालयका प्रमुख शशीशंकर महर्जन बताउँछन् । ‘हामीलाई मंसिर १६ गतेबाट लागू गर्न भनि पत्र आएको छ, तर प्राविधिक समस्या, जनशक्तिको कमी जस्ता कारणले टुङ्गो भएको छैन,’ मर्हजनले भने, ‘हामी छलफलमा बस्छौँ र लागू गर्ने वा नगर्ने टुङगो लाग्नेछ ।’

नयाँ निर्देशिका लागू गरी परीक्षा सञ्चालन गर्नका लागि प्रदेश मन्त्रालयबाट निर्देशन नआएकाले लागू हुन नसकेको एकान्तकुनाका कार्यालय प्रमुख राजु कुसुवा बताउँछन् । ‘पुरानो मोडालिडीबाट आवेदन दिएका परीक्षार्थीहरुको परीक्षा सकिएपछि, नयाँ मोडलिटीबाट आवेदन दिनेहरुले नयाँ निर्देशिका अनुसार परीक्षा दिन सक्नेछन्,’ कुशुवाले भने, ‘कात्तिक दोस्रो साताबाट आवेदन दिनेहरुलाई नयाँ नियम लागू गर्ने भन्ने छ, तर यो छलफल भएको छैन ।’

नयाँ नियम लागू गर्नका लागि छलफल भइरहेको तर अझै टुङगो नलागेको जगाती कार्यालयका प्रमुख शशीशंकर महर्जन बताउँछन् । ‘हामीलाई मंसिर १६ गतेबाट लागू गर्न भनि पत्र आएको छ, तर प्राविधिक समस्या, जनशक्तिको कमी जस्ता कारणले टुङ्गो भएको छैन,’ मर्हजनले भने, ‘हामी छलफलमा बस्छौँ र लागू गर्ने वा नगर्ने टुङगो लाग्नेछ ।’

यो पनि पढ्नुहोस्
लाइसेन्सको लिखित र ट्रायल परीक्षा खुलाउन यस्तो छ विभागको तयारी
सवारी चालक अनुमति पत्रको नयाँ नियम कहिलेबाट ?
लाइसेन्स परीक्षालाई सजिलो बनाउने नियम आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest

Popular
Suggested