English

विश्व इतिहासमा आजः पहिलो विश्वयुद्ध अन्त्यदेखि ३०० वर्षपछि पोर्चुगलबाट एंगोला स्वतन्त्र



आज ११ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

एंगोला स्वतन्त्र

विश्व इतिहासमा आज एंगोला स्वतन्त्र भएको थियो । पोर्चुगलले एंगोलमाथि लगाउँदै आएको ३०० वर्ष लामो शासन आजकै दिन अर्थात सन् १९७५ को ११ नोभेम्बरमा समाप्त भएको थियो । 

अमेरिकीमा जोर बिजोर आधरमा राजमार्ग नामाकरण

सन् १९२६ मा अमेरिकामा अनगिन्ति राजमार्गलाई स्वीकृति दिइएको थियो । जसअनुसार उत्तरबाट  दक्षिणतर्फका राजमार्गलाई बिजोर नम्बर र पूर्वबाट पश्चिमतर्फ जाने राजमार्गलाई जोर नम्बर दिइएको थियो । साना बिजोर अंक पश्चिमी राजमार्गमा प्रयोग गरिएका छन् भने ठूला अंक पूर्वमा प्रयोग गरिएका छन् । त्यस्तै, सानो जोर अंक दक्षिण र ठूलो जोर अंक  उत्तरमा प्रयोग भएका छन् ।

पहिलो विश्वयुद्धको अन्त्य

सन् १९१८ मा पहिलो विश्वयुद्धको अन्त्य भएको थियो । सन् १९१८ को ११ नोभेम्बरमा जर्मन र गठबन्धन देशहरुबीच युद्ध अन्त्य गर्न हस्ताक्षर भएको थियो । पहिलो विश्वयुद्धमा १ करोड ७० लाख जनाको मृत्यु भएको थियो । २८ जुलाई सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएको थियो । युद्धमा ७० देशको संलग्नता थियो । 

रोदेसिया  स्वतन्त्र

रोदेसिया (हालको जिम्बाबे)  सन १९६५ मा बेलायतबाट स्वतन्त्र भएको थियो । राष्ट्रसंघ र बेलायतले मान्यता दिएपछि यसको नाम जनगणतन्त्र जिम्बाबे राखिएको थियो  ।

यासेर अराफातको निधन

सन् २००४ मा तत्कालिन प्यालेस्टिनी नेता यासेर अराफातको पेरिसमा निधन भएको थियो । सन् १९६६ देखि २००४ सम्म प्यालेस्टाइनको राष्ट्रपति बनेका अराफात प्लालेस्टिनी स्वतन्त्रत संगठन (पीएलए) को अध्यक्ष थिए ।

यो पनि पढ्नुहोस् :
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
विश्वमा आजः विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला
विश्वमा आजः यहुदीमाथि नाजीको जातीय नरसंहारदेखि बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested