English

विश्वमा आजः यहुदीमाथि नाजीको जातीय नरसंहारदेखि बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी



आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः 

बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी 

बर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ अक्टोबर अर्थात आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ , पोल्यान्डका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा  सँगै हिडेर पर्खाल ढलेको २०औ वार्षिकी मनाएका थिए । 

सानो उमेरमा विश्व चेस च्याम्पियन 

सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए । १३ औं विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए । 

रोलिङ स्टोन म्यागेजिनको प्रकाशन 

सन् १९६७ को ९ अक्टोबर अर्थात आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागेजिन रोलिङ स्टोन प्रकाशित भएको थियो । सातामा दुई पटक प्रकाशित हुने सो म्यागेजिको स्थापना अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए । म्यागेजिनले विश्वका प्रसिद्ध लेखकहरुको करिअर बारेमा रोचक जानाकारी दिएको थियो । 

यहुदीमाथि नाजीको जातीय नरसंहार 

सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए । नाजीले यहुदी व्यापरी, धर्मगुरु र अन्य सर्वसाधारणको खोजी खोजी हत्या गरेका थिए । उनीहरु यहुदीको धार्मिक स्थलमासमेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुको साथै ३० हजारलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ । 

यो पनि पढ्नुहोस् :
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
विश्वमा आजः विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested