English

को–को छन् महावीर क्याबिनेटमा ?



राष्ट्रिय आविष्कार केन्द्रमा नयाँ–नयाँ परियोजना र आविष्कारको सोच भएका युवाहरू पुग्ने गर्छन् । उनीहरूले आविष्कार गर्ने प्रस्तावमा आफ्नो सीप, परियोजनाको प्रकृति, लागत, समयलगायत सबै विवरण हुन्छन् । प्रस्तावित उक्त परियोजना नवीन र व्यवसायीक प्रभाव पार्ने किसिमको देखियो भने केन्द्रले तत्कालै स्वीकृत गर्छ । योजना स्वीकृत भएपछि प्राविधिकहरू केन्द्रमै योजनाअनुसार काम गर्न थाल्छन् ।

राष्ट्रिय आविष्कार केन्द्र प्राविधिक नवीनताका लागि एक आकर्षक ‘प्लेटफर्म’ बन्दै गएको छ । केन्द्रले सूचना तथा प्रविधिमार्फत् विकासमा टेवा दिन नयाँ नयाँ खोज र आविष्कार गर्दै आएको छ । उक्त केन्द्र सन् २०१२ मा महावीर पुनले स्थापना गरेका हुन् । केन्द्र सन् २०१७ देखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा अवस्थित छ ।

देश विकासका सम्भावनाको खोज र आविष्कारको लागि केन्द्रले इन्जिनियरहरूलाई प्लेटफर्म, सहकार्य गर्ने टोली, बजेट र प्रेरणा प्रदान गर्दै आएको छ । केन्द्रमा हाल ३५ जना प्राविधिक कार्यरत छन्, जसमध्ये २६ जना त इन्जिनियर मात्र छन् । त्यस्तै, पुनका केही यस्ता निकट व्यक्तिहरू पनि छन्, जसको सहकार्य राष्ट्रिय आविष्कार केन्द्रका लागि अपरिहार्य छ ।

डा. महावीर पुन नेपाली समाजका प्रिय पात्र हुन् । उनले एशियाको नोवल पुरस्कार मानिने म्यागासेसे समेत प्राप्त गरिसकेका छन् । यी अन्तर्राष्ट्रिय व्यक्तित्वको सफलताको पछाडी को को सारथीहरू छन् ? को-को छ, उनको क्याबिनेटमा ?

डम्बर नेपाली

केन्द्रले कोभिडको समयमा फेस मास्क र पिपिईदेखि भेन्टिलेटरसम्म बनायो । केन्द्रमा समय सान्दर्भिक र व्यवसायिक गुण बोकेका उत्पादन मात्र अघि बढ्छन् । यहाँबाट बन्दै आएका रोबोट, सोलार ड्रायर, इलेक्ट्रोनिक प्रणालीहरू जस्ता विभिन्न आविष्कारहरू सबै प्रा.डा. डम्बर नेपालीकै मार्गदर्शन र अनुगमनमा सम्पन्न भएको मानिन्छ ।

इन्जिनियर नेपाली राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड मेम्बर हुन् । उनी काठमाडौं विश्वविद्यालयका डीन पनि हुन् । केन्द्रका बोर्ड मेम्बर र एक वरिष्ठ इन्जिनियर भएको नाताले उनले केन्द्रमा कुनै पनि नयाँ आइडिया वा आविष्कारका परियोजनाहरूको स्वीकृती प्रक्रियामा भूमिका निर्वाह गर्दै आएका छन् । केन्द्रमा आविष्कारसँग सम्बन्धित कुनै पनि कुराको हिसाब किताव, स्वीकृति र सल्लाहदेखि मनन गर्ने सम्मका सबै कार्यमा उनको सहभागिता रहँदै आएको छ ।


हरिकुमार सिलवाल

राष्ट्रिय आविष्कार केन्द्रमा कर्मचारीलाई तालीम दिने, व्यवसायिक जनसम्पर्क बढाउने, प्रस्तावना बनाउने र संस्थामा उत्पन्न भएका वा हुनसक्ने समस्याको समाधान गर्ने कार्यहरू गर्नुपर्ने हुन्छ । यी सबै काम सम्हाल्छन्, सीए हरिकुमार सिलवालले ।

महावीर पुन र सिलवालको सम्बन्ध ३५ वर्ष लामो हो । सिलवाल राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड मेम्बर पनि हुन् । उनी केन्द्रको कानूनी र वित्तिय विषयहरू सम्हाल्छन् । केन्द्रका उत्पादनलाई स्वामित्व दिलाउने, राम्रो कार्य वातावरण सिर्जना गर्ने लगायत केन्द्रका उत्पादनहरूलाई कानूनसम्मत बनाउने लगायत कार्यमा उनको सहकार्य रहन्छ ।

सिलवाल भन्छन्, ‘बोर्ड मेम्बर भएको नाताले केन्द्रमा प्राविधिकहरूको नियुक्तिदेखि, व्यवसायिक जनसम्पर्क, तालीम, कार्य वातावरण र केन्द्रको वित्तिय र कानूनका विषयहरू हेर्नुका साथै विभिन्न समस्या समाधान गर्ने कार्यमा भूमिका निर्वाह गर्ने गरेको छु ।’ पुनसँगको लामो मित्रताको नाताले केन्द्रको लागि आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्दै आएको सिलवाल बताउँछन् ।

डा. सरोज धिताल

डा. सरोज धिताल काठमाडौँ मोडल अस्पतालका वरिष्ठ सर्जन हुन् । डा. धिताल पुनका पुराना साथी पनि हुन् । पुनसँग उनको आइएस्सी पढ्दादेखिको सम्बन्ध हो । उनले केन्द्रलाई आवश्यक मेडिकल परामर्श, सल्लाह र मार्गदर्शन प्रदान गर्दै आएका छन् ।
पुन र आविष्कार केन्द्रलाई आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको सहयोग गर्दै आएता पनि केन्द्रलाई यहाँसम्म ल्याउनमा ग्रामीण भेगमा रहेका केन्द्रका टावर र स्टेसन कुरेर बस्ने गाउँलेहरूको हात रहेको उनको भनाई छ ।

‘केन्द्रको लागि पुन आफै धाउँछन्, एक्लै लागी परेका छन् र एक्लै खटेका छन् भन्दा पनि फरक पर्दैन । विभिन्न अवार्डले सम्मानित भएका पुन यहाँसम्म आइपुग्नु उनको कडा परिश्रम र मिहिनेतकै कारणले हो,’ डा. धिताल भन्छन्, ‘पुनको लामो समयको संघर्षपछि हालै मात्र भने थुप्रै साथ र सहयोग आउन थालेका छन् । यद्यपी केन्द्रको विकासका लागि आर्थिकभन्दा पनि श्रम र बौद्धिक सहयोगले ठूलो भूमिका खेलेको छ ।’

बोर्ड सदस्यहरू

पूर्वसचिव रामेश्वर खनाल पनि राष्ट्रिय आविष्कार केन्द्रको बोर्डमा रहेका छन् । नेपाली समाजमा बौद्धिक छवि स्थापित गरेका खनाल चर्चित अर्थसचिव समेत हुन् । त्यस्तै, आविष्कार केन्द्रको बोर्ड सदस्यका रूपमा डा. दिनेशराज भुजु, डा. प्रमोद ढकालसमेत रहेका छन् । भनिन्छ, अध्यक्ष पुनसहित बोर्ड सदस्यहरू नै यस केन्द्रका मूख्य ‘ब्रेन’ हुन् ।
तर, पुनको टीम यत्तिमा सीमित छैन । उनको सल्लाहकार मण्डल पनि छ । यसमा सन्देश पाण्डे, डा. सन्तोष सापकोटा, डेभिड कोभ्यास, डा. तुलसी धरेल, डा. रामेश्वर अधिकारी र सुवास गुरुङ रहेका छन् ।

त्यसैगरी आविष्कार केन्द्रमा कार्यकारी टीम पनि छ । त्यस टिमको नेतृत्व सीए मीरा पोखरेल र इन्जिनियर सुनील बाँनियाले गर्दै आएका छन् । सीए पोखरेल केन्द्रकी सिइओ हुन् । इन्जिनियर बानियाँले भने मेनेजिङ डाइरेक्टरको भूमिका निर्वाह गरिरहेका छन् । सुरज कार्की, महिप केसी, जिकेश थापा, सुजन बाँनिया, सञ्जय बहादुर सिंह, रितेश देव र प्रतिभा पराजुली पनि कार्यकारी टीममा रहेका छन् । त्यसैगरी दुईजना विदेशी पनि छन्, आविष्कार केन्द्रको सहयोगीका रूपमा । ती दुई विदेशी हुन्– डा. फ्लोमिङ टोपसे र वाटानेब सेइची ।

डा. पुनको टिममा जति पनि सदस्य, सल्लाहकार वा कर्मचारी छन्, ती सबै डाक्टर, इन्जिनियर, सीए वा कुनै न कुनै विषयका विज्ञ छन् । आफ्नो विधामा खरो उत्रिएकाहरू नै डा. पुनको ‘क्याबिनेट’मा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,