English

विश्वमा आजः जिम्मी कार्टर अमेरिकाको राष्ट्रपतिमा निर्वाचितदेखि साउदीमा ‘कू’



आज विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

मार्टिन लुथर किंग दिवस

सन् १९८२ अमेरिका तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले नागरिक अधिकार आन्दोलनका अभियन्ता मार्टिन लुथर किंगको सम्झनामा अमेरिकी सदमा विशेष दिन घोषणा गर्न एउटा प्रस्ताव गरेका थिए । जसअनुसार अमेरिकामा हरेक बर्षको जनवरीको तेस्रो सोमवार मार्टिन लुथर किंग दिवस मनाइन्छ ।

साउदीमा कू

सन् १९६४ मा फैसल बिन अब्दुल अजिजले आफ्नै भाईलाई अपदस्थ गरेका थिए । आफ्ना सौताने भाई किङ साउद विदेश उपचार जाँदा अब्दुलले सत्ता हातमा लिएका थिए ।

सीबीसीको स्थापना

सन् १९३८ मा क्यानडाको सरकारी प्रसारण माध्यम क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन स्थापना भएको थियो । सीबीसी क्यानडाको सरकारी रेडियो तथा टेलिभिजन प्रसारण माध्यम हो ।

इथोपियाको पहिलो शासक

सन् १९३० मा हेली सिलेसी इथोपियाका पहिलो शासक बनेका थिए । त्यहाँको राष्ट्रफरी आन्दोलनका नेता सिलेसीले इथोपियामा ४४ वर्ष शासन गरेका थिए ।

अमेरिकाको ३९ औं राष्ट्रपति कार्टर

सन् १९७६ मा जिम्मी कार्टर अमेरिकाको ३९औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । कार्टरले झिनो मत अन्तरले रिपब्लिकन नेता जिराल्ड आर फोर्डलाई पराजित गरेका थिए । कार्टरले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

यो पनि पढ्नुहोस् :
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested