English

मिस गुरुङ इन्टरनेसनल चौथो संस्करणको लागि आवेदन फारम खुल्ला



मिस गुरुङ इन्टरनेशनल–चौथो संस्करणको लागि आवेदन फारम खुला भएको छ । मृगतृष्णा फेसन हाउसको आयोजना र नेसनल न्युरो सेन्टर तथा नेपाल स्ट्रोक एसोसियसनको सहकार्यमा हुन लागेको उक्त प्रतियोगिताका लागि भदौ १६ देखि नै आवेदन खुला गरिएको हो ।


प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार असोज १६ गते काठमाडौँको सामाखुसीस्थित मगर हाउसमा अडिसन हुँदैछ । काठमाडौं बाहिर सहरका आवेदकको भने अनलाइनमार्फत असोज १७ र १८ गते अडिसन लिइने जनाइएको छ ।

मिस गुरुङ इन्टरनेशनल–२०२१’ मा अडिसन दिएका मध्ये देशभर बाट १५ जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा कात्तिक महिनाको अन्तिममा राजधानीको जमल स्थित राष्ट्रिय नाच घरमा हुने गुरुङले जानकारी दिइन् ।


‘मिस गुरुङ इन्टरनेशनल–२०२१’ मा अडिसन दिएका मध्ये देशभर बाट १५ जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा कात्तिक महिनाको अन्तिममा राजधानीको जमल स्थित राष्ट्रिय नाच घरमा हुने गुरुङले जानकारी दिइन् ।
सन् २०१४ देखि यो प्रतियोगिता सुरु भएको हो ।

यसवर्ष कोरोना माहामारीका कारण प्रतियोगितामा भाग लिनेहरुको संख्यामा केहि कमी आउने होकि भन्ने आँकलन गरिएको उनी बताउँछिन् । ‘भारतको सिक्किम, दार्जिलिङबाट भाग लिने इच्छा राखेका थिए तर माहामारीको कारण यो वर्ष उहाँहरुलाई सहभागि गराउन सकेनौं,’ उनी भन्छिन्, ‘अर्को वर्षबाट इन्टरनेशनल प्रतिस्पर्धीलाई पनि अवसर दिने छौं ।’


यस प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँका साथै १० लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ । साथै, थाइल्यान्ड भ्रमणको पनि अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस् :
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
सुपथ मुल्यका पसल चाडबाडमा मात्र लक्षित किन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested