English

यसकारण हेरिन्छ कुशे औंशीमा बुबाको मुख



भाद्र कृष्णपक्षको अमावश्यालाई कुशे औंसी भनिन्छ । कुश एक प्रकारको तृण वा घाँस हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन । कुशलाई भगवान विष्णुको प्रतिक पनि मानिन्छ । कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अतिआवश्यक र पवित्र वस्तु मानिएको छ । यस दिन ब्राम्हणले विधानअनुसार पूजा गरी शुद्धभूमिमा उम्रिएको कुशच्छेदन गरेर घरमा ल्याउँछन् । घरमा कुश राख्नाले वर्षभरि अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

हरेक औंशीहरु पितृको लागि महत्वपूर्ण मानिन्छन् । तर, यो भदौ महिनाको औंशी पितृहरुको लागि महत्वपूर्ण हुने भएकोले पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट सम्झदा पितृहरु खुशी हुन्छन् भन्ने मान्यता पहिलेदेखि नै चलिआएको थियो । त्यसैले मरेका पितृहरुलाई त तर्पण दिइन्छ भने जिवित पितृहरुलाई किन नसम्झने भनेर यो दिन जिवित पितृहरुको मुख हेर्ने चलन सुरु भएको हो ।

दिनदिनै पितामाताको सेवा गर्नु पर्दछ । उहाँहरुलाई खुशी बनाउनका लागि भावना बुझ्नु पर्छ । बुबाको मुख हेर्ने दिनमा मात्र पितालाई सम्मान गर्ने र खुशी बनाउने हैन । हरेक दिन पिता मातालाई सम्मान गर्नुपर्छ । भावनात्मक रुपमा उहाँहरुसँग जोडिनु पर्छ ।

माता पितालाई जीवित तथा साक्षात देवता भनिन्छ । त्यसैले कुशे औंशीको दिन पितृहरुलाई सम्झने उनीहरुको नाममा पूजा गर्नुको साथै जिवित पितृहरुलाई पनि सम्मान गर्ने दिनको रुपमा काठमाडौंमा यो संस्कृतिलाई मनाउँदै आइएको थियो । बिस्तारै अरु सबैले पनि यसलाई संस्कृतिको रुपमा स्विकार गर्न थाले । हाम्रो हरेक धार्मिक कार्यहरु जीवनमा अपनाउनु नै पर्ने खाले छन् ।

दिनदिनै पितामाताको सेवा गर्नु पर्दछ । उहाँहरुलाई खुशी बनाउनका लागि भावना बुझ्नु पर्छ । बुबाको मुख हेर्ने दिनमा मात्र पितालाई सम्मान गर्ने र खुशी बनाउने हैन । हरेक दिन पिता मातालाई सम्मान गर्नुपर्छ । भावनात्मक रुपमा उहाँहरुसँग जोडिनु पर्छ । त्यस दिन बुबालाई यही कुरा दिनुपर्छ भनेर कहिँ तोकिएको छैन त्यसैले जे कुराले पिता खुशी हुनुहुन्छ त्यही कुरा दिनुपर्छ ।

कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उहाँ मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् । बढ्दो आधुनिकतासँगै बुबा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढिरहेको छ । तर, बुबालाई हेला गर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन । हामी पनि एकदिन बुबा या आमा हुन्छौँ तसर्थ हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततीबाट प्राप्त गर्दछौं । आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यकता झन् बढ्दै गएको छ ।

(संस्कृतिविद् डा. गुरुप्रसाद सुवेदीसँग गरिएको कुराकानीमा आधारित )
यो पनि पढ्नुहोस् :
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
करिश्मा भन्छिन्– ‘तीज गीतको आत्मा सबैले कायम गर्नुपर्छ’ (भिडियोसहित)
किन बस्ने साउने सोमबारको व्रत ? यस्तो छ कारण
साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?

असार १५ मा दही चिउरा किन खाइन्छ ?
यसकारण खाइन्छ साउन १५ मा खीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested