English

यसकारण खाइन्छ साउन १५ मा खीर



डा.वासुदेव कृष्ण शास्त्री

साउनमा दुध नखानु, भदौमा दही र माघ महिनामा मोही नखानु भन्ने एउटा मान्यता थियो । दूध खान नभए पनि दूधबाट बनेका परिकारहरु खान हुन्छ भन्ने चलन पनि थियो । त्यसैले, दूध, घिउ प्रशस्त पाइने साउन महिनामा जाडो र वर्षे कामको थकानबाट बच्न खीर खाने चलन पहिलेदेखि कै हो ।

प्राचीन कालमा धानलाई नै दुधमा मज्जाले पकाइन्थ्यो । धान राम्ररी पाकेपछि त्यसबाट रस र धानको छोक्रालाई छुट्टाएर त्यही रसलाई खाने गरिन्थ्यो । पछि त्यो चलन हटेर चामलको खीर खाने प्रचलन सुरु भयो ।

असार १५ मा दही चिउरा, माघे संक्रन्तीमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलन चल्ती छ । कृषि प्रधानदेश नेपालमा खीर चलनचल्तीमा रहेको एउटा मिष्ठान्न परिकार हो । धेरै जसो चाड पर्व र उत्सवमा खीर पकाएर भोज गर्ने चलन पनि छ ।

असार १५ मा दही चिउरा, माघे संक्रन्तीमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलन चल्ती छ ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान् शिवको पूजा गर्ने गर्दछन् । वर्षाको समयमा विभिन्न सङ्क्रमण रोग हुन्छ र खीरले त्यसबाट बचाउन सहयोग गर्छ । खीरले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्दछ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकार खाने चलन छ ।

खीरलाई स्वादिष्ट बनाउन मरीच, ल्वाङ, सुकमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाइको खीर शक्तिबद्र्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । हाम्रो मानव शरीरलाई चाहिने पोषकतत्व पूर्ति गर्न र समय अनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन पहिलेदेखिनै छ । त्यही चलन अन्तर्गत साउन १५ मा खीर खाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested