English

गाउँदेखि सहरसम्म आइपीओकै चर्चा



सामाजिक संजाल होस् वा चुलोचौका, गाउँ होस् वा सहर यतिबेला प्राथमिक सेयर (आईपीओ) को चर्चा चुलिएको छ । विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा एक हजार रुपैयाँ भन्दा माथि लगानी गर्न सकिन्छ । कोरोना महामारीमा व्यापार व्यवसाय ठप्प हुँदा यसतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । कतिपयले यसबाटै रोजीरोटी पनि चलाएका छन् ।

विद्यार्थीदेखि गृहणीको हात–हातमा स्मार्टफोन हुनु र थोरै लगानीमा समेत अनलाइनबाटै सहज कारोबार गर्न सकिने भएकाले यसतर्फको आकर्षण बढेको सेयर बजार आधारभूत तथा प्राविधिक विश्लेषक एनबी थापा बताउँछन् । ‘आइपीओमा एक हजार लगानी गर्दा पाँच हजारदेखि पचास हजारसम्म फाइदा गर्न सकिने भएकाले यसतर्फको आकर्षण बढेको हो,’ थापाले भने ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तथ्याङ् अनुसार हालसम्म ४२ लाख ६८ हजार ३ सय ५२ जनाले डिम्याट खाता खोलेका छन् ।
जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा ४२ लाखभन्दा बढी आवेदन पर्न थालेको छ । सेयरको अनलाइन कारोबारका लागि ‘मेरो सेयर’ मार्फत ‘युजर्स आइडी’ बनाउनु पर्ने हुन्छ । सोही मार्फत कारोबार गर्न सकिन्छ ।

हालसम्म ३३ लाख ६१ हजार १ सय ७१ ‘मेरो सेयर’ प्रयोगकर्ता रहेको लिमिटेडले जनाएको छ । डिम्याट खाता खोलेकाहरु मध्ये अझैपनि करिब ९ लाखले मेरो सेयर प्रयोग गरेका छैनन् । आफ्नो खाता रहेको बैंकबाट डिम्याट खाता प्रयोग गरी सहजै आइपीओ भर्न सकिन्छ ।

‘सी–आस्वा’ सेवा दिने बैंकहरु ४१ वटा छन्’ बोर्डका सह–प्रवक्ता रुपेश केसीले भने, ‘सी–आस्वा सेवा कतिपय बैंकले निःशुल्क सुविधा दिएका छन् भने सेवा दिएवापत बैंकले एक रुपैयाँदेखि एक सय रुपैयाँसम्म शुल्क लिन पाउने नियम छ ।’ कतिपयले भने निःशुल्कै यो सेवा दिइरहेका छन् । यसलाई ‘सी–आस्वा’ सेवा भनिन्छ । ग्राहकलाई यो सेवा प्रदान गर्न बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार किन घटबढ हुन्छ ?
नयाँ कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया र लाग्ने शुल्क
सुखी र सरल जीवन बिताउन चाहनुहुन्छ ? यसरी गर्नुहोस् अर्थ व्यवस्थापन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested