English

एकल आमा–२



अनिता लामा ।

भर्खरै भेटेको, देखेको मान्छेले फोन नम्बर माग्यो । पाल्मो बेस्सरी रिसाइन् तर, रिस देखाइन । उनले रिसलाई आफ्नो पारामिताभित्र सन्तुलित गराइन् । यस्तो मिचाहा स्वभावहरु पाल्मोका लागि नौलो थिएन । थाहा पाएदेखि झेलनामा परिरहेको आम स्वभाव हो केटीहरुका लागि ।

विशेषगरी नव परिचित पुरुष सहकर्मी, कोही मार्फत् परिचित पात्रहरु या कामका सिलसिलामा संगतमा परेकाहरुबाट हुने मिच्याई पाल्मोका लागि मात्र होइन कामकाजी आम छोरीचेलीहरुका लागि अनावश्यक झेलना नै हो । फोन नम्बर माग्नु मात्र होइन, अनावश्यक रुपमा सर्वश्व परिचय माग्नु, सम्बोधनमा तिमी भित्र पर्नु, सँगै बसाईहरुमा बुझिनेगरि लहसिन आउनु, हिँडाईहरुमा मनसाय सहित स्पर्शमा आउनु विवाहित हुन् वा एकल, अलिकति स्मार्ट केटीहरुका अनावश्यक झेलना नै हो ।

आज पाल्मोले एउडा बोल्ड निर्णयलाई सुनाई : म बच्चा पाउन चाहन्छु आमा तर अविवाहित भएर । के जिस्किने कुरा गर्छ यो केटी, आमाले ध्यान नै नदिई आफ्नै सुरमा जवाफ दिनुभयो । पाल्मोले फेरि बोलीरही : हो आमा, मलाई बिहे गर्नु छैन तर, बच्चा जन्माउनु छ । मलाई लोग्ने चाहिँदैन तर सन्तान चाहिन्छ । पाल्मोले आफू यसको लागि तयार रहेको र यस्तो प्रविधि पनि विकसित भइसकेर प्रयोगमा आएको कुरा बताइन् ।

साथीहरुले भने, ‘तिमी जस्तो अलग परिचय दिन चाहना राख्ने छोरीहरुका लागि राम्रो हुन्छ, अगाडि बढ ।’ केही सहकर्मीहरुका बिचमा राखिन्, उनीहरुले भने, ‘यो त उत्तम कुरा हो, तर अनुहार कसको आउँछ ? तपाइकै आए त ठिक छ, होइन भने फलाना फलानाको बिउ राख्नु । अझ सोचेर, रोजेर तपाईले चाहेका चर्चित मानिसहरुको राख्नु ।’ अर्को जनाले भन्यो ‘अहिले त अमेरिकी राष्ट्रपतिको बच्चा जन्माउने इच्छा गर्नुभयो भने पनि पाउनुहुन्छ, मिल्छ, यस्तो गर्ने हो ?’

यद्यपि, समाजले कसरी पचाउला भन्ने आमाको चिन्ता थियो । पाल्मोले भनिन् : समाजलाई त म बताउँला, यसरी पनि सुरक्षित आमा बन्न सकिने विषय । आमाले विषयलाई त्यति जिम्मेवारीपूर्ण ग्रहण गर्नुभएन ।

पाल्मोले साथीहरुका बिचमा राखिन्, ‘म आमा बन्न चाहन्छु ।’ अहिले त्यस्तो प्रविधि छ । जसरी निःसन्तान दम्पत्तिहरुले सन्तान प्राप्त गरिरहेका छन् । साथीहरुले भने, ‘तिमी जस्तो अलग परिचय दिन चाहना राख्ने छोरीहरुका लागि राम्रो हुन्छ, अगाडि बढ ।’ केही सहकर्मीहरुका बिचमा राखिन्, उनीहरुले भने, ‘यो त उत्तम कुरा हो, तर अनुहार कसको आउँछ ? तपाइकै आए त ठिक छ, होइन भने फलाना फलानाको बिउ राख्नु । अझ सोचेर, रोजेर तपाईले चाहेका चर्चित मानिसहरुको राख्नु ।’ अर्को जनाले भन्यो ‘अहिले त अमेरिकी राष्ट्रपतिको बच्चा जन्माउने इच्छा गर्नुभयो भने पनि पाउनुहुन्छ, मिल्छ, यस्तो गर्ने हो ?’ अनि केही प्रियजनहरुले भने, ‘जो पायो त्यहीको भन्दा त आफ्नो वंशज्भित्रकै राम्रो । अझ तिमीले माया गरेका मानिसहरुको राम्रो । केही नजिकका पुरुष साथीहरुले भने, ‘किन त्यस्तो रहर ? ओरिजिनल आमा नै बने भो नि । अब रहर नै छ भने त के गर्नु ? तर अस्पतालले गर्ने फर्टिलाइजेसनमा जसको पनि शुक्रकिट हुनसक्छ जस्तैः चोर, डाँका, लुटेरा आदि । बरु हामीले पनि योगदान गर्न मिल्छ होला नि । सिधासाधा भन्नुपर्दा मेरो शुक्रकिट दिन्छु राख ।’

पाल्मोले गरेको बोल्ड निर्णयमाथि फेरि मिच्याई भयो । तर, पाल्मोले अस्पतालको आइभिएफ सेन्टरमा दस्तखत गरिन् कि म जस्तोसुकै अवस्थामा पनि एकल आमा हुन चाहन्छु ।

अनिता लामाद्वारा लिखित अन्य सामाग्रीहरु
‘एकल आमा’
प्लीज पारमिता
‘पाङ्ग्रा’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested