प्लीज पारमिता



अनिता लामा ।

ऊ रूपमा त्यस्तो खास सुन्दर थिएन, तर उसको वचन असाध्यै सुन्दर थियो । मधुर ध्वनि, शान्त वाणी । सानैमा घरपरिवार छाडेको कहानी सुनाइरह्यो ।

म गुम्बाका केटाकेटीहरूको टाउको मुसारिरहेकी छु । तिनका मुडुला टाउकामा स–साना घाउ खटिरा थिए । कलेजी रङ्ग मेरो मनप्रिय हो, गुम्बामा पोशाक र गुम्बाका रङ्गले पनि मलाई निकै आल्हादित बनाइरहेको थियो । सुन्दर किशोरहरू नजिकै बास्केटबल खेलिरहेका थिए । गुम्बाको यो बार्दली विशेष छ । छ्योर्तेनको आँखा झन् विशेष ।

दर्ज्युले मेरो कपाल स्पर्श गरिरहेको छ र फुरफुर हावाले कपाल घरि आँखामा घरि अनुहारभरि फैलिन खोज्छ । त्यो डाँडाबाट आएको स्नेही हावामा पनि कस्तो घिउको सुवास मिसिएको थियो । शायद गुम्बाभरि यतिबेला सबैले कोङ्बा जगाइरहेकोले हुनुपर्दछ ।

उसले कहिल्यै यसरी बाहिरी मान्छेसँग बोल्न पाएको थिएन रे, यसरी बोल्ने इच्छा जागेको पनि थिएन रे । ऊ केही झस्क्यो, अचानक उसको गुरु आउनुभएको रहेछ र बाहिरिया मान्छेसँग यसरी देख्दा राम्रो मानिदैन रहेछ ।

ऊ बोलिरह्यो– कक्षा ४ देखि गुम्बामा बसेको अहिले स्नातकोत्तर गर्दै रहेछ । ३ वर्षको गुफा जीवनले दिएको पारमिता संस्कार उसको प्रत्येक बोलीमा झल्कन्थ्यो । उसले कहिल्यै यसरी बाहिरी मान्छेसँग बोल्न पाएको थिएन रे, यसरी बोल्ने इच्छा जागेको पनि थिएन रे । ऊ केही झस्क्यो, अचानक उसको गुरु आउनुभएको रहेछ र बाहिरिया मान्छेसँग यसरी देख्दा राम्रो मानिदैन रहेछ ।

घरमा दुइजना भाइ र आमा थिए । तिनको सम्झनाले गुम्बाको शिक्षालयबाट पहिला त बेस्सरी भाग्न मन हुँथ्यो । विस्तारै आफूभित्रको सारा चाहना दबायो उसले । अनि आफू मान्छे नै अर्को स्वरूपमा रूपान्तरित भइसकेको पाएपछि सारा घरपरिवार र सामान्य जिन्दगीबाट रस रङ्ग उडेको बतायो उसले । आफ्नो अध्ययन र बौद्ध ज्ञानसँग सम्बन्धित यस्ता प्रसङ्गहरू धाराप्रवाह सुनाइरह्यो । मलाई उसको कोमल शब्द, विनम्र आवाज र आफ्नै खालको अर्ग्यानिक लवज निकै मनपर्यो ।

खासगरी बौद्ध दर्शन र उसको जीवनले पाएको मार्गदर्शनका विषयमै लागेको कुराहरू थप सोधिरहेँ मैले । त्यहीबेला एउटा किशोरले ‘हजुर च्या’ भनेर ल्यायो । मैले चिया लिएँ, उसले लिएन । कारण उसको प्रार्थना समय सकेपछि मात्रै खाने समय आउने रहेछ । ‘समयभित्र मात्रै खानुपर्छ, जुनबेला पायो, त्यहीबेला खाने होइन, खानुहुँदैन ।’ उसले अलि कड्केर भन्यो ।

विस्तारै आफूभित्रको सारा चाहना दबायो उसले । अनि आफू मान्छे नै अर्को स्वरूपमा रूपान्तरित भइसकेको पाएपछि सारा घरपरिवार र सामान्य जिन्दगीबाट रस रङ्ग उडेको बतायो उसले ।

आफू पढिरहेको र आफू मातहत अरुलाई पनि पढाइरहेको व्यक्ति रहेछ ऊ । गुम्बाको सबै क्षेत्र घुमायो उसले र ती स्थानको विषयमा बतायो ।

यसरी एउटा मीठो स्मरण लिएर म फर्कँदै थिएँ । अघि चिया लिएर आउने किशोरसहित ३ जना किशोरहरू बाइबाइ गर्न नजिक आए । मैले आफूले बोकेको ब्यागमा हात हालें । चकलेट दिन खोजें, तर उसले झोलामै राख्नोस् भन्यो ।

‘मन र दिमाग दुइटैलाई हार्म गर्ने यस्तो बस्तुहरू हामी गुम्बामा ल्याउँदैन र दिन पनि दिँदैन ।’ मेरो चकलेटभन्दा लाख गुणा मीठो लाग्यो उसको यो कारण सहितको निषेध । एक किशोरले सोध्यो, ‘हजुरको नाम के हो मिस ?’ उसको मुग्ध र लजाएको मुस्कान नियाल्दै मैले उल्टै सोधें, ‘हजुरको नाम चाहीँ के हो ?’

–मेरो नाम साङ्बु हो तर घरको नाम चाहीँ मिङ्मा लोप्चन हो मिस ।

कति मीठो साङ्बु, कति मीठो मुस्कान । ती किशोरले पुनः सोधे, ‘हजुरको नाम भन्नु भएन नि मिस ?’
–मेरो नाम..म भन्दै थिएँ, उसले नै भन्दियो । उहाँको नाम पारमिता हो, पारमिता ।

बुद्ध शीललाई पालना गर्ने विभिन्न पारमिता हुन्छन् । एक उत्कृष्ट ज्ञानको अवस्थामा पुग्ने मार्ग हो पारमिता । तपाईंलाई यही नाम सुहाउँदो छ

हामी गुम्बाको सिँढीबाट बिस्तारै तल झर्दै थियौं । ‘किन मेरो नाम भन्न दिनुभएन ?’ मैले उसँग केरकार शैलीमा गुनासो गरें ।

–मैले अहिलेसम्म सोधें तपाईंको नाम ? नाम केही होइन, यहाँ बच्चाहरू आफ्नै अनुशासनमा हुन्छन् । उनीहरूको यहाँ मौलिक नाम र परिचय हुन्छ । तपाईंको नाम जे सुकै होस् । यहाँ आउनुभयो, यही चिनजान गहिरो हुन्छ, आउनुभएन बिलाइन्छ । मलाई तपाईं देखेर त्यसै पारमिता भन्न मन लाग्यो । बुद्ध शीललाई पालना गर्ने विभिन्न पारमिता हुन्छन् । एक उत्कृष्ट ज्ञानको अवस्थामा पुग्ने मार्ग हो पारमिता । तपाईंलाई यही नाम सुहाउँदो छ ।

छुट्टिने बेला ‘एकछिन है’ भनेर गयो र हातमा सामान्य किबोर्डवाला मोबाइल ल्यायो र मेरो नम्बर सेभ ग¥यो । ‘तपाईंको समेत १० जनाको मात्र नम्बर भयो यसमा । सबै मेरो गुरुहरू र गुरुहरू पछि तपाई पारमिता । फोन उठाउनुहोला ।’

कलेजी चकलेटी रङका वस्त्रधारी उसको नाम के हो थाहा भएन, सोध्ने हिम्मत पनि गरिनँ ।
शायद हप्ता दिन भयो होला, मलाई एउटा नम्बरबाट फोन आयो–
–हेल्लो नमस्ते पारमिता !

हेल्लो, वाह उस्तै मधुरता, खुशीले नमस्कार भनें ।

–धेरै दिन भयो जस्तो लागेर फोन गरेको, मेरो नम्बर सेभ गर्नुभएको त छ नि ?
–छ, त्यसैले त उठाएँ ।

ओहो यो अपशकुन, के भयो ? मन भयभित भयो । मैले उसलाई सम्झाएँ– ‘ध्यानी, ज्ञानी मानिसहरू ज्ञानप्रति मात्र आशक्त हुन्छन् । यस्तो आशक्ति तपाईंले राखेको सुहाएन । आइन्दा फोन नगर्नुस् ।’

उसले फोनमा सोध्यो, कहाँ बस्ने, के काम गर्ने, को को छन् ? चिनिने नाम के हो ? मैले यस्तो निजी कुराप्रति तपाईंमा मोह किन भयो भन्दै आफ्नो नामबाहेक उसलाई केही भनिनँ ।

दुइ दिनपछि दोस्रो फोन आयो ।

पारमिता ! मलाई आजकल ध्यान गर्दा तपाईंको मुहार आउँछ । थाहा छैन किन आउँछ, एकपटक आउनु ल ।

म केही खस्किएँ, केही हच्किएँ, अब उसको फोन उठाउनु कञ्जुस्याइँ गर्नुपर्छ या फोनबाट लिष्ट आउट गर्नुपर्छ ।

नभन्दै फेरि केही घण्टामा फोन आयो–

–म क्लासमा थिएँ, अघि धेरै बेर बोल्न पाइनँ । पारमिता यहाँ कहिले आउने ? नत्र म भागिदिन्छु के ।
ओहो यो अपशकुन, के भयो ? मन भयभित भयो । मैले उसलाई सम्झाएँ– ‘ध्यानी, ज्ञानी मानिसहरू ज्ञानप्रति मात्र आशक्त हुन्छन् । यस्तो आशक्ति तपाईंले राखेको सुहाएन । आइन्दा फोन नगर्नुस् ।’

मैले फोन काटिदिएँ । उसले आधा अंग्रेजी र आधा रोमनमा मेसेज लेख्यो, ‘आइ एम भेरि क्लोज एट्याच्ड विथ यु ।’

दोस्रो मेसेज आयो, ‘मानिसले आर्जन गरेको ज्ञान पनि केही होइन रहेछ, विज्ञानले नै स्वीकारेपछि । त्यसैले मेरो ज्ञान एकातिर होला तर आमप्रकृति र विज्ञानले स्वीकार गरेजस्तो म तपाईंलाई आफ्नो स्वीकार्न चाहन्छु ।’

म यहाँबाट भाग्न लागेको, तिमी भाग्न तयार बन पारमिता ! बुद्धले ज्ञान पाएपछि गृहस्थी त्याग्यो । मैले ज्ञान पाएपछि गृहस्थतिर लाग्न थालें । यो तिमीले सोचे जस्तो मेरो लागि पाप होइन पारमिता !

मैले त्यसपछि उसको नम्बर ब्लक गरें । मनभरि कौतुहलता उठ्यो, मेरो नाममा कुनै बदनाम त गर्दैनन् ।

भोलिपल्ट बिहानै उसको नम्बर ब्लक आउट गरेपछि फोन गरें । मैले उसलाई गुरुजी भन्ने गर्थें । फोनमा हेल्लो भन्नासाथ मलाई ‘टासीन्हुर्बु’ भनेर बोलाउनु भन्यो । फोन किन नलागेको, म यहाँबाट भाग्न लागेको, तिमी भाग्न तयार बन पारमिता ! बुद्धले ज्ञान पाएपछि गृहस्थी त्याग्यो । मैले ज्ञान पाएपछि गृहस्थतिर लाग्न थालें । यो तिमीले सोचे जस्तो मेरो लागि पाप होइन पारमिता ! प्लीज पारमिता !



...
एकल आमा–२ « Mero LifeStyle

[…] अनिता लामाद्वारा लिखित अन्य सामाग्रीहरु‘एकल आमा’प्लीज पारमिता‘पाङ्ग्रा’ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा

नेपाली पत्रकारिता क्षेत्रका चर्चित फोटो पत्रकार हुन्– विकास रौनियार । उनको फोटो कौशलताले लामो समय चर्चा पाइरह्यो । जो अहिलेपनि

हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड दसैं घर आँगनमा आइसकेको छ । आज दसैंको आठौं दिन अर्थात महाअष्टमी । कोजाग्रत पूर्णिमाको

मेरो जन्म र जीवनको स्रोत, साधना र सत्यता भनेकै मेरो घर हो । घर भन्नाले सिमेन्ट, इँट्टा, काठ इत्यादिले निर्मित