English

आँखाबाट बारम्बार आँशु बगिरहने समस्या छ ? यी हुन् रोकथामका उपाय



आँखाबाट आँशु बग्नु सामान्य प्रक्रिया हो । हाम्रो आँखामा सामान्य अवस्थामा पनि आँशु बनिरहेको हुन्छ । आँशु आँखामा रहेको सानो प्वालबाट ल्याक्रिमल डक्टबाट नाक हुँदै घाँटीमा जान्छ । यदि कुनै कारण उक्त नली बन्द भएमा आँशु झरिरहने समस्या देखापर्छ । यसैकारण आँखामा विभिन्न समस्याहरू समेत देखापर्दछ । यसबाहेक पनि आँशु बग्नुका थुप्रै कारण रहेका हुन्छन् । यस्तो समस्या किन हुन्छ ? र, यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे आँखा रोग विशेषज्ञ डा. प्रतिक्षा अमात्यको सुझाव यस्तो छ :

कारण
– ल्याक्रिमल डक्टको गडबढी भएमा
– आँखाको प्वाल र नलीहरू राम्ररी विकसित नभएमा
– धुलो र धुँवा
– चिसोका कारण आँखाको एलर्जी तथा संक्रमण
– आँखाको घाउ वा इन्फेक्सन
– आँखा सुख्खा
– बढ्दो उमेर अवस्थामा पनि आँशु बगिरहन्छ

रोकथाम
केही शिशुहरूमा जन्मदै यो समस्या भएको हुन्छ । कतिपयमा केही समय पश्चात बन्द भएका नलीहरू आफैँ खुल्छ । यस्तो समस्या भएको शिशुलाई आँखा वरपर तथा नाकको माथिल्लो भागमा मालिस गर्नुपर्छ । यसरी मालिस गर्नाले विकास भएर पनि काम नगरेको नली खुल्छ र आँशु बग्न कम हुन्छ । यसरी मालिस गर्दा नली खुलेन भने शल्यक्रिया नै गर्नु पर्छ ।

आँखामा धुलोको कणहरू पसेमा मिच्नु हुँदैन र आँखालाई प्रेसर पर्ने कामहरू लामो समयसम्म गर्नु हुँदैन । कहिलेकहीँ आँखामा हुने विभिन्न समस्याहरू जस्तै आँखा पाक्ने, आँखा सुख्खा हुने जस्ता कारणले पनि आँखाबाट आँशु बग्ने समस्या हुन्छ । उक्त समस्याको पत्ता लगाई सोही अनुसार उपचार गरेमा आँशु बग्ने समस्या आफैँ कम भएर जान्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested