English

४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा



काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो ।

यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।

अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो । तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् मृगौलामा पत्थरी हुनुको कारण, कसरी बच्ने ?
यस्ता हुन्छन् दम रोगका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?
चीनबाट ८ लाख ‘भेरोसेल’ नेपाल आइपुग्यो, साउन १५ भित्र ३२ लाख खोप आइपुग्ने
महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested