English

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



हिजोआज धेरै महिलाले महिनावारीको बेलामा कपडाको सट्टामा स्यानिटरी प्याड प्रयोग गर्छन् । यद्यपि, गाउँस्तरसम्म भने अझै पनि स्यानिटरी प्याड पुग्न सकेको अवस्था छैन । त्यसैले महिलाहरु कपडा नै प्रयोग गर्न बाध्य छन् ।

प्याड तथा कपडाको प्रयोगले महिनावारीको बेला सहज बनाउँछ । यद्यपि, यसलाई सही तरिकाले प्रयोग गर्न सकिएन भने ठूूलो समस्या पनि निम्त्याउन सक्छ । त्यसैले महिनावारीको बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहको सुझाव यस्तो छ :

–महिनावारी भएको बेला पाठेघरको भित्रितह टुक्रिएर रगतसंगै योनीमार्गबाट बाहिर निष्कासन हुन्छ । यस अवस्थामा निष्कासन भएको रगत लुगा र खुट्टाहरुमा लाग्न नदिन केहि न केहि प्रयोग गर्नै पर्छ । यसका लागि प्याड वा कपडा प्रयोग गर्ने गरिन्छ । यस अवस्थामा पाठेघरको मुख अलिकती खुकुलो हुने भएकोले सरसफाईमा ध्यान पु¥याउनु पर्छ ।

–सफा सुती वा फलाटिनको कपडाको रुमाललाई प्याड बनाउन सके संक्रमण हुने सम्भावना धेरै कम हुन्छ । यस्ता रुमाललाई प्रयोग गरिसके पछि साबुन पानीले धोएर, घाममा राम्ररी सुकाएर पुनः प्रयोग गर्न सकिन्छ ।

–लामो समय सम्म एउटै प्याड वा कपडाको प्रयोग गर्नु हुँदैन यसले इन्फेक्सन हुन सक्छ । शरीरबाट रगतबाहिर निस्किएपछि त्यो दुषित हुन्छ । त्यसैले रगत बगेको बेलामात्र नभई रगत बग्न कम भएको बेला पनि प्याड परिर्वतन गरिरहनु पर्छ ।

–महिनावारी हुँदा देखा पर्ने रगत किटाणूलाई संक्रमण हुन सजिलो हुन्छ । त्यसैले धेरै रगत बगेमा र प्याड तथा कपडा भिजेको अनुभव हुने बित्तिकै फेर्नुपर्छ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् मृगौलामा पत्थरी हुनुको कारण, कसरी बच्ने ?
यस्ता हुन्छन् दम रोगका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested