English

विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?

रोग र किराले तरकारी र फलफूलको उत्पादनलाई धेरै मात्रामा नष्ट गर्दछ । १० देखि ३० प्रतिशत विकसित मुलुक र ४० देखि ७५ प्रतिशत विकासशील मुलुकमा फलफूल र तरकारीलाई जोगाउन विषादी प्रयोग गरिएको अनुसन्धानमा देखिएको नेपाल कृषि अनुसन्धानका परिषद्का बाली तथा बागबानी अनुसन्धान निर्देशक रामबहादुर केसीले जनाए । त्यसो त विषादीयुक्त खाद्यवस्तुबाट मानव शरीरमा कस्तो असर पर्छ ? यसबाट हुन सक्ने असरबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जनरल फिजिसियन डा. भुपेन्द्र कुमार बस्नेत र केसीको सुझाव यस्तो छ :

विषादीयुक्त खाद्यवस्तुबाट कस्तो असर पर्छ ?

सागसब्जी, फलफूल तथा खेतबारीमा प्रयोग भएका विषादीको असर बायोग्रेडीबल र नन्–बायोडग्रेडीबल गरी दुई किसिमको हुने जनरल फिजिसियन डा. बस्नेत बताउँछन् । उनकाअनुसार छोटो समय वा वस्तुसँगै सडेर, कुहिएर जाँदा त्यहीसँगै असर नष्ट हुनु बायोग्रेडीबल भनिन्छ भने लामो समयसम्म विषादीको असर रहि रहनुलाई नन्–बायोग्रेडीबल भनिन्छ ।

सामान्यतया खेतबारीमा बायोग्रेडीबल बिषादी प्रयोग गरिन्छ । ‘प्राकृतिक रुपमा पाकेका फलफूल खाँदा केही फरक पर्दैन,’ डा.बस्नेत भन्छन्, ‘तर पकाउनका लागि कुनै कुरा प्रयोग गरिन्छ भने त्यो वस्तुमा पौष्टिक तत्व नहुन सक्छ र विषादीले पनि असर गर्छ ।’ बिषादी भएका वस्तुहरुको प्रयोगले वाकवाक हुने, पेट र टाउको दुख्ने, रिंगटा र पखाला लाग्ने जस्ता तत्काल असर देखिन्छ भने क्यान्सर र नसा सम्बन्धी समस्या लामो समयपछि देखिने डा.बस्नेतले जनाए ।

बिषादी प्रयोग भएका खाद्यवस्तुबाट कसरी बच्ने ?

किरा र रोगबाट तरकारी, फलफूल र बालीलाई जोगाउनका लागि सकेसम्म विषादी प्रयोग नगर्ने यदि गर्नै परेमा निलो र हरियो लेबल भएको विषादीको मात्र प्रयोग गर्नुपर्ने डा. बस्नेतले बताए । विषादीमा उल्लेख गरिएको पर्खने दिनपछि मात्र बाली टिप्ने गर्नुपर्छ । बिषादी हटाउन सामान्य तरिका भनेको तरकारी र फलफूल धुने नै हो । तर, धोइपखाली गर्दा समेत नगएको विषादीलाई घरमै भेनेगर, बेकिङ सोडा र नुन पानीको माध्यमबाट विषादी कम गर्न सकिन्छ ।

– २० ग्राम नुन प्रतिलिटर पानीमा राखेर घोल बनाउने । नुन र पानीको घोल आवश्यक अनुसार यही मात्रामा बढाउँदै लैजाने । फलफुल र तरकारी १५/२० मिनेट डुबाउने । नुनले बिषाक्त पदार्थलाई निकाल्छ । समय पुरा भएपछि राम्रोसँग सफा पानीले धोएपछि खानका लागि योग्य हुन्छ ।

– फलफूल तरकारी राम्ररी पखाली बोक्रा हटाउँदा विषादी अवशेष कम हुन्छ ।

– पाँच सय पीपीएमको क्लोरिन पानीमा डुबाएर राख्दा विषादीको अवशेष कम हुन्छ ।

– १ सय एमएल भिनेगर प्रति लिटर पानीमा मिसाएको घोलमा १० मिनेट डुबाएर राख्ने र त्यसलाई पानीले पखालेर प्रयोग गर्ने ।

– बेकिङ सोडा प्रतिलिटर पानीमा १० ग्राम राख्नुपर्छ । जति पानी चाहिन्छ त्यसै अनुसार सोडा पनि थप्दै जानुपर्छ । कम्तीमा १५ मिनेट डुबाएर राखेपछि त्यसलाई राम्रोसँग सफा गरेर प्रयोग गर्न सकिन्छ ।

यो पनि पढनुहोस् ।
यी हुन् रक्तदान गर्नुका ५ फाइदा
कोरोना संक्रमण दर बढ्यो, उपत्यकाका अस्पताल भरिभराउ
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest

Popular
Suggested