English

के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?



कृषिमा युवालाई आकर्षित गर्न सरकारले विभिन्न योजना ल्याउँछ । जसमध्येको एक हो– अनुदान योजना । सरकारले विभिन्न कार्यक्रम अन्तर्गत विदेशबाट फर्केका वा स्वदेशमै केही गर्न चाहने युवा र किसानलाई अनुदान दिँदै आएको छ । कृषि तथा पशुपालन सम्बन्धी अनुदान स्थानीय तहबाटै वितरण गर्नेे कार्यविधिमा उल्लेख रहेको पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकाल बताउँछन् ।

२८ जिल्लामा पश्चिमिन, बाख्राको मासु र दूग्ध उत्पादनका लागि १ करोडसम्म प्रतिस्पर्धात्मक अनुदान दिने व्यवस्था रहेको आयोजनाका गुनासोे अधिकारी विश्वनाथ गौतम बताउँछन् । यस आयोजनामा ५० प्रतिशत कृषकले नै लगानी लगाउनु पर्ने र ५० प्रतिशत मात्र अनुदान दिने गरेको छ ।


विभागले उत्पादनमुखी, बजार प्रवर्दन, कृषि उद्योग सञ्चालन, मासु र दुग्धजन्य व्यवसायमा सुधार, पशुपालन लगायतका कार्यक्रमका लागि स्थानीय तहलाई योजना बनाएर बजेट पठाएको छ ।‘स्थानीय तहमा दुग्ध लक्षित कार्यक्रम अन्तर्गत गाई, भैँसी, चौँरी र मासुको लागि बाख्रा, बंगुर, पाडा र ऊन उत्पादनका लागि भेडा र च्याङग्रा पालन गर्न अनुदान दिइन्छ,’ ढकाल भन्छन्, ‘त्यसका लागि स्थानीय तहले १० देखि २५ लाख रुपैयाँसम्म अनुदान दिन्छ त्यो कृषि प्रयोजनमै प्रयोग हुनुपर्छ ।’

कुनमा कति अनुदान ?

बाली र पशुपन्छी बिमामा ७५ प्रतिशत र उन्नत बीउ, कृषि सम्बन्धी तालिमका कार्यक्रम, रासयनिक मल (युरिया, डिएपी र पोटास), सिँचाई, बगैँचा व्यवस्थापनका लागि बोटविरुवा र कृषि औजारमा ५० प्रतिशत किसानलाई अनुदान रहेको कृषि विभागका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थ विज्ञ डा.महादेवप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल लाईभस्टक सेक्टर एनोभेसन आयोजनाले विश्व बैंकको ऋण सहयोगमा अन्तर्गत २८ जिल्लामा पश्चिमिन, बाख्राको मासु र दूग्ध उत्पादनका लागि १ करोडसम्म प्रतिस्पर्धात्मक अनुदान दिने व्यवस्था रहेको आयोजनाका गुनासोे अधिकारी विश्वनाथ गौतम बताउँछन् । यस आयोजनामा ५० प्रतिशत कृषकले नै लगानी लगाउनु पर्ने र ५० प्रतिशत मात्र अनुदान दिने गरेको छ । यसमा पनि किसानले ५० प्रतिशतमा ३० प्रतिशत ऋण बैंकबाट स्वाकृति भएको र २० प्रतिशत किसानको लगानी हुन्छ ।

कहाँबाट लिने अनुदान

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वितरण गर्ने अनुदान कृषि मन्त्रालय अन्र्तगतका प्रदेश र जिल्लाका कार्यालयबाट लिन सकिन्छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना र समुदाय व्यवस्थित सिन्चित कृषि क्षेत्र आयोजना मार्फत किसानलाई अनुदान प्रदान गरिएको विभागका सूचना अधिकारी पौडेललले बताए । अनुदानका किसानले जिल्ला भित्रै रहेका कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट लिन सक्छन् । अनुदानपछि जुन निकायले अनुदान दिएको हुन्छ त्यही निकायले नै अनुगमन गर्ने उनी बताउँछन् ।

व्यवसायीक तरकारी खेती र पशुपालन गर्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट किसानले अनुदान लिन सक्ने कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेशका बरिष्ठ कृषि प्रसार अधिकृत गोपाल प्रसाद बोहराले जनाए ।

अनुदान लिने प्रक्रिया

अनुदानका लागि कार्यक्रम अनुसार फरक–फरक कार्यविधि रहेकाले किसानले सम्बन्धित निकायमा सम्पर्क गर्नु पर्ने पौडेललको भनाई छ । कार्य विधिमा उपलब्ध भएअनुसार कागजपत्रहरु तयार पर्नुपर्ने हुन्छ । यसैगरी अनुदान कुनै समूह वा व्यक्तिगत पनि हुन सक्छ त्यसकारण कार्यविधि राम्रोसँग अध्ययन गरी निवेदन दिनु पर्छ ।

व्यवसायीक तरकारी खेती र पशुपालन गर्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट किसानले अनुदान लिन सक्ने कृषि तथा सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेशका बरिष्ठ कृषि प्रसार अधिकृत गोपाल प्रसाद बोहराले जनाए । ‘जिल्लामा रहेका कार्यालयले अनुदानको लागि सूचना निकालेको समयमा आवेदन दिनुपर्छ,’ बोहरा भन्छन्, ‘आवेदन कार्यविधिको प्रक्रिया बमोजिम मूल्याङ्कन र छनोट हुन्छ । सोही अनुसार पुँजीगत रुपमा ५० प्रतिशत अनुदान दिएका छौँ ।’

बीउ मात्र लिनका लागि निवेदन मात्र दिए हुन्छ भने बीऊ प्रशोधन गृह बनाउन परेमा गृहको स्टिमेट इन्जिनियर, मेसिन राख्ने भए मेकानिकल ईन्जिनियरबाट कागजपत्र बनाउनु पर्ने उनको भनाई छ । किसानले टनेलको अनुदान लिएमा त्यसको लम्बाई, चौडाई र लागत खर्चसहितको परियोजना बनाउनु पर्छ । बोहराका अनुसार अनुदान लिन मोटामोटी यी कुराहरु अपरिहार्य हुन्छ ।

– सूचना निकालेपछि कार्यालयमा सम्पर्क राख्ने र सूचना अनुसार विधि पुर्याएर कार्यालयले तोकेको ढाँचाअनुसार आवेदन दिने ।

– जग्गाको प्रमाणपत्र

– नागरिताको प्रतिलिपी

– फर्म भएमा दार्ता गरेको प्रमाण पत्र

– पहिलेदेखि गर्दै आएको व्यवसाय भएमा त्यो व्यवसायको बारेमा खुल्ने कागजहरु

– व्यवसायको परियोजना

यो पनि पढ्नुहोस् :
यस्ता हुन्छन् बालबालिकामा हुने हर्नियाका लक्षण, कसरी थाहा पाउने ?
साउनमा हरियो, पहेँलो चुरा र मेहन्दी किन लगाइन्छ ?
ट्राफिक कारवाहीमा पर्नुभयो ? कागजपत्र कहाँ पुग्यो एसएमएसबाटै यसरी थाहा पाउनुस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested