ट्राफिक कारवाहीमा पर्नुभयो ? कागजपत्र कहाँ पुग्यो एसएमएसबाटै यसरी थाहा पाउनुस्



के तपाई, ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहुन्छ ? त्यसो हो भने ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट सुरुवात गरेको एसएमएसबाटै जानकारी दिने सेवाको प्रयोग गर्नुहोस् । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेमा जानकारी लिनको लागि जानकी टेक्नोलोजीले तयार पारेको Document Tracking System (DTS) मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा बुधबारबाट सुरु गरेको हो ।

ट्राफिक महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रविधीको प्रयोग मार्फत अब देखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ? भन्ने दुविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए । उनले यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाएको समेत जानकारी दिए ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ । सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ व्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो । तर अबदेखी भने एसएमएस सिस्टमले सहज हुने भट्टराईले बताए ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था छ । जसकारण कतिपय टाढाबाट आउने चालकहरुलाइ पर्ने गरेको असुबिधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने महाशाखाले विश्वास लिएको छ ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रवन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रविधीको बिस्तार गरी सेवाग्राहीलाई दिने सुविधा क्रमशः बढाउँदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास गरेको बताए ।

महाशाखामा फ्रि–वाईफाई

वर्ल्डलिंक कम्युनिकेशन प्रा.लि.ले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्रि–वाईफाई जडान गरेको छ । फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाईन भुक्तानी, अनलाईन सचेतना कक्षा, अनलाईनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाईदा पुगेको एसएसपी भट्टराईले बताए ।

सेवाग्राहीले वर्ल्डलिंकको फ्रि वाईफाई प्रयोग गरि एक डिभाईसमा कनेक्ट गरि २४ घण्टामा १ जिबी डाटा निःशुल्क प्रयोग गर्न सकिने वर्ल्डलिंकका निर्देशक कर्पोरेट एफयर्स लक्ष्मण यादवले बताए ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार

थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त

सेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले

केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन्