English

दाँत चम्किलो बनाउने ५ घरेलु उपाय



दाँत पहेंलो भएर हैरान हुनुहुन्छ । यसको समाधानका यतिबेला बजारमा विभिन्न खाले केमिकल आएका छन् । त्यसको पछि नलाग्नुहोला । घरेलु उपायबाट पनि दाँतलाई सफा र चम्किलो बनाउन सकिन्छ । दाँतलाई सफा र चम्किलो बनाउने घरेलु उपाय यस्ता छन् :

तुलसी

तुलसीमा दाँतको पहेंलोपन हटाउन ठूलो मद्धत गर्छ । यसले पहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउँछ । जसका लागि तुलसीको पातलाई घाममा सुकाउने र त्यसको पाउडर बनाएर टुथपेस्टसँग मिलाएर ब्रस गर्दा दाँतमा चमक आउन थाल्छ ।

नुन र तेल

नुन तेलले दाँतलाई सफा गर्दा गिँजालाई स्वस्थ राख्छ भन्ने परम्परागत मान्यता हो । त्यसैले यो चलन अहिले पनि छ । नुनमा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत स्वस्थ हुुनुका साथै चम्किलो पनि हुन्छ ।

सुन्तलाको बोक्रा

सुन्तलाको बोक्राले पनि दाँतलाई चम्किलो बनाउन मद्धत गर्छ । यसको बोक्रालाई घाममा सुकाएर बनाइएको पाउडरलाई दाँत माझिसकेपछि लगाउँदा चमक आउँछ । दाँत ब्रस गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

गाँजर

खाना खाइसकेपछि दिनहुँ गाजर खाने बानीले पनि दाँत चम्किलो बनाउन मद्धत गर्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्छ ।

निम

निमको उपयोग पनि धेरै पहिलेदेखि दाँतको सफाईमा हुँदै आएको छ । दिनहुँ निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिँदैन । साथै, दाँत पहेंलो हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested